Logo
५ जेष्ठ २०८१, शनिबार
(September 17, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भारतीय अभिनेता गोविन्दाले गरे प्रधानमन्त्रीसँग भेटवार्ता

काठमाडौँ :  भारतीय अभिनेता गोविन्दाले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् । सिने सर्कल अवार्डमा सहभागी हुन छोरी टिना आहुजासहित नेपाल आएका अभिनेता गोविन्दाले सोमबार बिहान प्रधानमन्त्री ओलीसँग भेट गरेका हुन् ।

शनिबार नेपाल आएका गोविन्दाले आइतबार पशुपतिनाथमा १ लाख ५६ हजारको विशेष पूजा गरेका थिए । त्यसपछि गोविन्दा सिने सर्कल अवार्डमा सहभागी भए । गोविन्दाले सोमबार बिहान ९ बजेतिर प्रधानमन्त्रीलाई भेटेका हुन् ।

प्रधानमन्त्रीसँगको भेटमा गोविन्दाकी छोरी टिना पनि गएकी थिइन् । यस्तै निर्देशक तथा सञ्चारकर्मी दिनेश डिसी, व्यवसायी निर्वाण चौधरीसहितका पनि सहभागी थिए ।

प्रकाशित मिति: Sep 17, 2018

प्रतिक्रिया दिनुहोस्