Logo
१८ बैशाख २०८१, मंगलबार
(September 16, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भारत जान अस्विकार गरेको नेपाली सेना सैन्य अभ्यासका लागि चीन जाँदै

काठमाडौं : चीन-नेपाल संयुक्त सैन्य अभ्यास ‘सगरमाथा मैत्री २’ मा भाग लिन नेपाली सेनाको टोली सोमवार चीन जाने भएको छ । असोज १ देखि १३ गतेसम्म हुने उक्त सैन्य अभ्यास प्राकृतिक प्रकोप उद्धारसँगै आतंकवादविरुद्ध लक्षित छ ।

सैन्य प्रवक्ता तथा ब्रिगेडियर गोकुल भण्डारीका अनुसार ‘प्रोटस माइनस’ अर्थात १६ जनाको टोली सिचवान प्रान्तको राजधानी चेङ्डुतर्फ प्रस्थान गर्ने भएको हो ।

चेङ्डु सैन्य अभ्यासमा नेपालको सहभागिताले भारतमा नेपालप्रति आशंका जन्माएको छ । किनकि भारतको पुनेमा बिम्स्टेक सदस्य राष्ट्रहरुको संयुक्त सैन्य अभ्यास (भदौ २५-३१) मा अन्तिम समयमा नेपाल सहभागिताबाट बाहिरिएको थियो।

नेपाली सेनाको ५ अधिकृतसहित करिव ३० जनाको टोली पुने प्रस्थान गर्नुभन्दा एक दिन पहिले प्रधानमन्त्री केपी ओलीको आदेशमा सेनाले तालिममा सहभागिता रद्ध गरेको थियो ।

भारतका केही सञ्चार माध्यमले सरकारी स्रोतलाई उद्धृत गर्दै यसलाई चीनको दबाबमा नेपालले गरेको निर्णयका रुपमा प्रस्तुत गरेका छन् । यसअघि नेपाल र चीनबीच संयुक्त सैन्य अभ्यास २०१६ अप्रिलमा भएको थियो ।

नेपाली सेनाले भने दुई देशको समझदारीमा यो पुर्व निर्धारित कार्यक्रम रहेको दावी गरेको छ ।

प्रकाशित मिति: Sep 16, 2018

प्रतिक्रिया दिनुहोस्