Logo
३ जेष्ठ २०८१, बिहीबार
(September 13, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बेसारको यसरी प्रयोग गरेमा यति ठुलो रोगहरुको औषधि हुन्छ

बेसार वा हलेदो वा कतै हल्दी भनिने पहेँदो पदार्थ विशेषगरी तरकारीमा प्रयोग हुन्छ । कतिपयले तरकारीको रंगको लागि पनि मिसाउन मन पराउँछन् । खासमा बेसारले तरकारीको स्वादलाई खासै असर पार्दैन । यद्दपी बेसार आफैंको स्वाद चाहिँ तीतो प्रकृतिको हुन्छ । तरकारी पकाउने चलनदेखि नै सायद बेसारको पनि उत्पत्ति भयो होला । तर यहाँ यसको ईतिहास भन्दा पनि यसलाई दैनिक प्रयोग गर्नुको फाईदाबारे चर्चा गर्न खोजिएको हो ।

कतिपयलाई थाहा नहुन सक्छ की बेसारमा साना देखि अत्यन्त जटिल प्रकारका रोग विरुद्ध लड्न सक्ने गुण हुन्छ । पत्यार नलाग्न सक्छ तर यसमा क्यान्सर जस्ता घातक रोगसँग लड्ने गुण लुकेको हुन्छ । बेसार एक एन्टिअक्सिडेन्ट हो । यसले हाम्रो शरिरमा उत्पन्न हुने विजातिय तत्वहरुलाई नियन्त्रण गर्ने क्षमता हुन्छ ।

उपयोगिताहरुः

शक्तिबर्धकः
१ सय ग्राम बेसारमा ६ ग्राम प्रोटिन, ६९ मिलिग्राम कार्बोहाईड्रेड, १ सय ५० मिलिग्राम क्यालसियम, २८ मिलिग्राम फस्फोरस, ५ मिलिग्राम आईरन र ५० ग्राम भिटामिन सी मिसाएर सेवन गर्ने हो भने बेसारले शक्तिबर्धकको रुपमा काम गर्छ ।

क्यान्सरबाट बचाउँछः
काक्र्युमिन पदार्थका कारण बेसारको रंग पहेंलो हुन्छ । यसले क्यान्सरमा हुने कोषिय परावर्तनलाई रोक्छ । यहाँसम्म की डीएनएमा हुने हानीलाई समेत बेसारले रोक्ने गर्छ ।

मधुमेह हुनबाट बचाउँछः

हल्दीको नियमित सेवनले मधुमेह हुनबाट समेत बचाउँछ । यसले मधमेहको मात्रा नियन्त्रण गर्दछ ।
यसले कलेजोमा हुने खराबीलाई पनि नियन्त्रण गर्दछ ।

पेटको रोग कम गर्ने तथा कोलेस्ट्रोलको नियन्त्रणः

हरेक दिन एक चम्चा महमा एक चम्चा बेसार मिलाएर खाएमा यसले पेटको रोगबाट बचाउँछ भने कोलेस्ट्रोलको मात्रा पनि कम गर्छ । यसको सेवनले मुटु पनि बचाउने आयुर्वेदिक चिकित्सकहरु बताउँछन् ।

छालाको चमक बढाउँछः

बेसारलाई नरिवलको तेलमा मिसाएर दिनहुँ मालिस गर्दा यसले यसले छालालाई समेत चमक बढाउँछ ।

दाँतलाई मजबुत बनाउँछः

बेसारमा अलिकति नुुन मिसाएर दिनहुँ ब्रुस गर्नाले दाँतमा किरा लाग्नबाट बचाउँछ भने स्वास गन्हाउने, गिँजा पाक्ने जास्ता समस्याबाट पनि छुटकारा पाउन सकिन्छ ।

अन्यः

जोर्नी दुुखेको, मर्केको लगायतका समस्यामा पनि काँचो बेसारको झोलमा मह र घिउ मिलाएर खाएमा त्यसले आरम दिन्छ ।

प्रकाशित मिति: Sep 13, 2018

प्रतिक्रिया दिनुहोस्