Logo
६ जेष्ठ २०८१, आईतबार
(September 10, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

शिक्षाको खाडल दिनप्रतिदिन बढ्दै गएकामा चिन्ता छ : उपराष्ट्रपति पुन

भक्तपुर : उपराष्ट्रपति नन्दबहादुर पुनले नेपालमा शिक्षाको खाडल दिनप्रतिदिन बढ्दै गएकामा चिन्ता व्यक्त गरेका छन् ।सानो ठिमीस्थित सानोठिमी क्याम्पसमा निर्माण हुन लागेको बहुउद्देश्यीय भवनको आज शिलान्यास गर्दै उनले निःशुल्क तथा सुलभ शुल्कमा पढ्न पाइने सरकारी विद्यालय र क्याम्पसमा विद्यार्थी सङ्ख्या न्यून हुँदै जानु र अत्यन्तै महँगा भए पनि निजीमा विद्यार्थीको चाप बढ्दै जानु गम्भीर चासो र चिन्ताको विषय बनेको बताए ।

एउटा सामान्य नागरिकले आफ्ना सन्तानलाई चाहेजस्तो शिक्षा दिलाउन सकिरहेका छैनन् भन्दै उपराष्ट्रपति पुनले भने,’देशका अधिकांश विद्यार्थी गुणस्तरीय शिक्षाभन्दा बाहिर छन्, आर्थिक रुपमा बलिया र पहुँचवाला सन्तानले गुणस्तरीय शिक्षा पाउने तर ग्रामीण क्षेत्रका विपन्न नागरिकका सन्तान शिक्षाबाट वञ्चित हुने अवस्थाले सामाजिक रुपमा असमानता बढ्दै जानु देशका लागि सकारात्मक पक्ष होइन ।’

 

गुणस्तरीय शिक्षाका समस्या र चुनौतीलाई चिर्दै सरकारी विद्यालय र क्याम्पसको शिक्षामा गुणात्मक सुधार गर्नुपर्ने औँल्याउँदै उनले तीव्र गतिमा छलाङ मार्ने गरी शिक्षामा उल्लेखनीय सुधार हुनुपर्नेमा जोड दिए ।नेपालको शिक्षा कता जाँदैछ, शिक्षाको गुणस्तर किन खस्किँदै छ भन्नेमा जिम्मेवार व्यक्ति गम्भीर बन्नुपर्ने र जवाफदेहिता लिँदै शिक्षाको गुणस्तर सुधारका लागि अग्रसर हुनैपर्ने उनको भनाइ थियो ।

उनले शिक्षा सङ्कायतर्फ विद्यार्थीको रुचि किन कम हँुदैगएको छ भन्नेतर्फ पनि ध्यान दिनु जरुरी रहेको आंैल्याए । उनले एसइईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई शिक्षा सङ्काय रोज्ने वातावरण कसरी बनाउने भन्नेबारेमा ध्यान पु¥याउनु आवश्यक रहेको बताए । गत आर्थिक वर्षमा उच्च शिक्षा अध्ययनका लागि विदेश जान अनुमति लिने ६० हजार विद्यार्थीमध्ये ९० प्रतिशत विद्यार्थी विदेश गएको बताउँदै उपराष्ट्रपति पुनले भने,’यसबाट करीब रु २७ अर्ब विदेशिएको छ, पछिल्लो पाँच वर्षमा मेडिकल शिक्षाका लागि मात्रै चार हजार भन्दा बढी विद्यार्थी विदेश पुगेका छन्, यसबाट रु २२ अर्ब बाहिरिएको छ, यो बिडम्बना हो ।’

कार्यक्रममा प्रदेश सदस्य डा राजेन्द्रमान श्रेष्ठ, त्रिविवि शिक्षा शास्त्र सङ्कायका डीन कृष्णप्रसाद गौतमलगायतले शिक्षामा सुधार गर्दै जानुपर्ने औंँल्याए । त्यस अवसरमा क्याम्पसका प्रमुख रामचन्द्र घिमिरेले कम्युटर ल्याब, कक्षा कोठासहित व्यापारिक प्रयोजनमा समेत प्रयोग गर्न सकिने गरी बहुवर्षीय आयोजनाअन्तर्गत कूल रु चार करोड ९७ लाखको लागतमा बहुउद्देश्यीय भवन निर्माण गर्न लागिएको जानकारी दिए ।

प्रकाशित मिति: Sep 10, 2018

प्रतिक्रिया दिनुहोस्