Logo
५ जेष्ठ २०८१, शनिबार
(September 3, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सबै स्थानीय तहमा बैंकिङ सेवा पु¥याउन माग

काठमाडौँ : प्रतिनिधिसभाको शून्य समयमा सांसदहरुले समसामयिक विषयमा सरकार र सदनको ध्यानाकर्षण गराएका छन् ।उनहरुले लुम्बिनीस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण द्रुत गतिमा अगाडि बढाउन, सबै गाउँपालिका तथा नगरपालिकामा बैंकिङ सेवा पु¥याउन माग गरेका छन् ।

यसैगरी सांसदहरुले थारु जातीमा मात्र देखिने सिकलसेल रोगको उपचार निःशुल्क गर्न, स्वास्थ्य बीमा भएका जिल्लामा औषधि अभाव देखिएको र आन्दोलनमा रहेका चिकित्सकका माग सम्बोधन गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको ध्यानाकर्षण गरेका छन् । यसरी ध्यानाकर्षण गराउनु हुने सांसदहरुमा अतहरकमाल मुसलमान, आशाकुमारी विक, उमा रेग्मी, कुमारी मेचे, कृष्णकुमारी श्रेष्ठ, खगराज अधिकारी, गौरीशंकर चौधरी र केदार सिग्देल छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा सभामुख कृष्णबहादुर महरासित विशेष समय माग गरी नेपाली काँग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले कञ्चनपुरमा बलत्कारपछि हत्या गरिएकी निर्मला पन्तको हत्याराको खोजी गरी कडाभन्दा कडा कारवाही गर्न माग गरेका छन् । उनले सो घटना मानवसभ्यताको कलङ्क भएकाले त्यसमा संलग्न जोसुकै भए पनि कारवाही गर्न माग गरेका छन् ।

प्रकाशित मिति: Sep 3, 2018

प्रतिक्रिया दिनुहोस्