Logo
२४ बैशाख २०८१, सोमबार
(September 2, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रभु इन्स्योरेन्सको लिलामी सेयरमा आवेदन खुल्यो

काठमाडौं -प्रभु इन्स्योरेन्स को हकप्रदमा अवितरित भएको संस्थापक  र साधारण समूहको एक लाख ३७ हजार १६ कित्ता शेयर भदौ १७ गते आइतबार (आज )देखि खुल्ला भएको छ । कम्पनीले गत असार ८ गतेदेखि साउन १० गतेसम्म चुक्ता पूँजीको ४६ प्रतिशत हकप्रदमा नबिकेको शेयर लिलामी ल्याएको हो । 

प्रभु इन्स्योरेन्सको लिलामी शेयरमा भदौ १७ देखि २४ गतेसम्म आवेदन दिन सकिनेछ । कम्पनीले  १५ हजार ८६१ कित्ता संस्थापक समूहको र एक लाख २१ हजार १५४ कित्ता साधारण तर्फको शेयर लिलामीमा ल्याएको हो ।

लिलामी शेयरमा प्रभु क्यापिटल र प्रभु बैंकका शाखाहरु मार्फत बोलपत्र लिन र पेश गर्न सकिने बिक्री प्रबन्धक प्रभु क्यापिटलले जनाएको छ । न्यूनतम एक सय रुपैयाँ तोकिएको शेयरमा दश कित्ताले भाग जाने गरी कम्तिमा सय कित्ताका लागि आवेदन गर्न पाइनेछ ।

कम्पनीले गत असार ८ गतेदेखि साउन १० गतेसम्म चुक्ता पूँजीको ४६ प्रतिशत हकप्रद बिक्री खुला गरेको थियो । कम्पनीले ३१ लाख ६६ हजार कित्ता हकप्रद शेयर निष्काशन गर्दा रितपुर्वक आवेदन दिनलाई ३० लाख २९ हजार ६६१ कित्ता हकप्रद बाँडफाँड गरिसकेको छ ।

गत आर्थिक वर्षमा २२ करोड १५ लाख रुपैयाँ नाफा गरेको कम्पनीको हालको पूँजी अनुसार प्रति शेयर आम्दानी ३२ रुपैयाँ र प्रतिशेयर नेनटवर्थ २१४ रुपैयाँ छ । कम्पनीको सेयर बिहीबार प्रतिकित्ता ४७४ रूपैयाँमा कारोबार भएको छ ।

प्रकाशित मिति: Sep 2, 2018

प्रतिक्रिया दिनुहोस्