Logo
२७ बैशाख २०८१, बिहीबार
(August 31, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

स्वदेश फर्किनु अघि मोदीले गरे पशुपतिनाथमा विशेष पुजा

२ दिने भ्रमण सकेर स्वदेश फर्किनु अघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पशुपतिनाथ मन्दिरमा विशेष पुजा-आजा गरेकाछन् ।

गौशालाको तिलगंगा स्थित नेपाल भारत मैत्री धर्मशालाको संयुक्त उद्घाटन र सम्बोधनपछि उनी सिधै पशुपतिनाथ मन्दिर पुगेका थिए ।

विशेष पुजा गरेर मोदी भारतीय प्रधानमन्त्री मोदी शुक्रबार साँझ नै स्वदेश र्फर्केका छन् ।

विम्स्टेकको चौथौं शिखर सम्मेलनमा भाग लिन नेपाल आएका मोदी स्वदेश फिर्ता हुनु नेपाल भारतबीच विभिन्न समझदारी पत्रमा हस्ताक्षर समेत गरेका छन् ।

आउनेबेलामा उपप्रधान एवं रक्षामन्त्री इश्वर पोखरेलले स्वागत गरेका मोदीलाई बिदाई भने अर्का उपप्रधानमन्त्री उपेन्द्र यादव गरेका छन् ।

शुक्रबार साँझ स्वदेश फर्कने क्रममा त्रिभुवन अन्तरर्राष्ट्रिय विमानस्थलमा पुगेर यादवले मोदीलाई बिदाइ गरेका थिए ।

हेर्नुस् तस्विरहरु :

विम्स्टेकको चौथौं शिखर सम्मेलनमा भाग लिन नेपाल आउनुभएका भारतका प्रधानमन्त्री नरेन्द्र मोदी शुक्रबार साँझ स्वदेश फर्कने क्रममा त्रिभुवन अन्तरर्राष्ट्रिय विमानस्थलमा । तस्बिर : रासस

प्रकाशित मिति: Aug 31, 2018

प्रतिक्रिया दिनुहोस्