Logo
४ जेष्ठ २०८१, शुक्रबार
(August 31, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपाली रुपैयाँ कमजोरको उच्चतम तहमा, डलरको भाउ ११३ रुपैयाँ ४९ पैसा पुग्यो

काठमाडौं- अमेरिकी डलरको पारो शुक्रबार फेरि चढेको छ। बिहीबार ११३ रुपैयाँ २५ पैसा रहेको डलरको भाउ शुक्रबार ११३ रुपैयाँ ४९ पैसा पुगेको छ। डलरको भाउ एकैदिन २४ पैसाले चुलिएर अहिलेसम्मकै माथि पुगेको हो।

अन्तर्राष्ट्रिय बजारमा डलरको माग बढेपछि नेपाली रुपैयाँ अहिलेसम्मकै कमजोर देखिएको हो। डलरको भाउ ११५ रुपैयाँसम्म पुग्ने अनुमान गरिएको छ।

भारतले पेट्रोलियम पदार्थको स्टक बढाउन डलर खर्च गरिरहेकाले त्यसको असर नेपाली बजारमा देखिएको हो। भारुसँग स्थिर विनिमय दर भएका कारण त्यहाँको प्रभाव नेपाली रुपैयाँमा परेको हो।

१०० भारु बराबर नेपाली १६० रुपैयाँको स्थिर विनिमय दर छ। भारतको अर्थतन्त्रमा अलिकति तलमाथि हुँदा त्यसको प्रत्यक्ष असर नेपाली बजारमा पर्छ।

प्रकाशित मिति: Aug 31, 2018

प्रतिक्रिया दिनुहोस्