Logo
६ जेष्ठ २०८१, आईतबार
(August 29, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

लुम्बिनी पुगेर म्यानमारका राष्ट्रपतिले गरे पूजाआजा र ध्यान (फोटो-फिचर)

रुपन्देही : म्यानमारका राष्ट्रपति विन मिन्ट बुधबार लुम्बिनी पुगेर पूजाआजा र ध्यान गरेका छन् । बिमस्टेक सम्मेलनमा सहभागि हुन मंगलबार नेपाल आएका राष्ट्रपति विन मिन्ट लुम्बिनी पुगेका हुन् ।

राष्ट्रपति विन मिन्टलाई लुम्बिीनमा पर्यटन मन्त्री रविन्द्र अधिकारी, प्रदेश ५ का प्रमुखसहित र ५ नम्बर प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेलले स्वागत गरेका छन् । राष्ट्रपति लुम्बिनी पुगेलगत्तै मायादेवी मन्दिरको अवलोकन गरेका छन् ।

त्यसपछि राष्ट्रपतिले त्यहाँ पूजाआजा र ध्यानसमेत गरेका छन् । काठमाडौंबाट चार्टर प्लेनमा ३६ जनाको टोलीसहित बुधबार बिहान ११ बजे भैरहवा विमानस्थल ओर्लिएका राष्ट्रपति विमानस्थलबाट हेलिकप्टरमा लुम्बिनी पुगेका थिए ।

हेलिकप्टरमा राष्ट्रपतिसहित १६ जना लुम्बिनी गएका थिए । लुम्बिनीबारे नेपाली अधिकारीहरुले बिफ्रङ गरेपछि उनले पण्डिताराम ध्यानकेन्द्रमा केही समय ध्यान गरेका हुन् ।

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङगालको खाडीको प्रयास (बिम्स्टेक)को चौथो शिखर सम्मेलनमा सहभागी हुन नेपाल आउनुभएका म्यान्माका राष्ट्रपति विन मिन्त बुधबार बुद्धको जन्मस्थल लुम्बिनीस्थित मायादेवी मन्दिर परिसरमा रहेको अशोक स्तम्भको बारेमा जानकारी लिनुहुँदै । तस्वीर : भरत केसी, बुटवल
बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङगालको खाडीको प्रयास (बिम्स्टेक)को चौथो शिखर सम्मेलनमा सहभागी हुन नेपाल आउनुभएका म्यान्माका राष्ट्रपति विन मिन्त बुधबार बुद्धको जन्मस्थल लुम्बिनीस्थित मायादेवी मन्दिर परिसरमा विशेष प्रार्थना गर्नुहुँदै । तस्वीर : भरत केसी, बुटवल
बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङगालको खाडीको प्रयास (बिम्स्टेक)को चौथो शिखर सम्मेलनमा सहभागी हुन नेपाल आउनुभएका म्यान्माका राष्ट्रपति विन मिन्त बुधबार बुद्धको जन्मस्थल लुम्बिनीस्थित मायादेवी मन्दिर परिसरमा । साथमा संस्कृति, पर्यटनमन्त्री रवीन्द्र अधिकारी, प्रदेश–५ का मुख्यमन्त्री शंकर पोखरेललगायत । तस्वीर : भरत केसी, बुटवल, रासस
बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङगालको खाडीको प्रयास (बिम्स्टेक)को चौथो शिखर सम्मेलनमा सहभागी हुन नेपाल आउनुभएका म्यान्माका राष्ट्रपति विन मिन्त बुधबार बुद्धको जन्मस्थल लुम्बिनीस्थित मायादेवी मन्दिरको दर्शन गर्नुहुँदै । तस्वीर : भरत केसी, बुटवल

 

प्रकाशित मिति: Aug 29, 2018

प्रतिक्रिया दिनुहोस्