Logo
६ जेष्ठ २०८१, आईतबार
(August 22, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

देशभर बकर इदको उत्साह : हर्नुहोस् फोटो-फिचर

इद-उल-जुहा (बकर-इद) को अवसरमा बाँकेका मुस्लिम धर्मावलम्बीले बुधबार नेपालगन्जस्थित इदगाहमा सामूहिक नमाज पाठ गर्दै । तस्बिर : निरज गौतम, नेपालगन्ज, रासस

काठमाडौं : इस्लाम धर्मावलम्बीले आफ्नो प्रसिद्ध पर्व बकर-इद आज उत्साहका साथ मनाइरहेका छन् । तीन दिनसम्म मनाइने यस पर्वलाई ‘इदउलजुहा’ पनि भन्ने गरिन्छ । यसलाई बलिदानीको पर्वका रुपमा लिइन्छ । इस्लाम महिना जुल हिज्जाको दशौँ दिन यो पर्व मनाउने गरिन्छ ।

यस पर्वको अवसरमा परिवारका सम्पूर्ण सदस्य अनिवार्यरूपमा नयाँ वस्त्र धारण गर्ने गर्छन् । इदगाहमा नवाज पढेर एकापसमा शुभकामना आदान प्रदान गने चलन छ । बकर-इदमा जनावरलाई ‘कुर्वानी’ अर्थात् बलिदानी गर्ने गरिन्छ ।

सो अवसरमा जनावरको मासुलाई तीन भाग लगाएर एक भाग आफन्त, एक भाग गरीब परिवार र अर्को भाग आफ्ना लागि राख्ने नियम छ ।

महोत्तरीको औरही नगरपालिकामा बुधबार इद–उल–फितर मनाउनका लागि तयारीमा जुटेका मुश्लिम धर्मावलम्बी । तस्वीर : धनवीर महतो, महोत्तरी, रासस

इद-उल-जुहा (बकर-इद) को अवसरमा बाँकेका मुस्लिम धर्मावलम्बीले बुधबार नेपालगन्जस्थित इदगाहमा सामूहिक नमाज पाठ गर्दै । तस्बिर : निरज गौतम, नेपालगन्ज, रासस
मुस्लिम धर्ममान्नेहरुको विषेश पर्व इदको अवसरमा घण्टाघर स्थित मस्जीदमा प्रार्थना गर्दै धर्मालम्वीहरु । तस्बिर : प्रदीपराज वन्त, रासस

प्रकाशित मिति: Aug 22, 2018

प्रतिक्रिया दिनुहोस्