Logo
८ जेष्ठ २०८१, मंगलबार
(August 16, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एसियन गेम्स अन्तर्गत नेपालले आज भिएतनामको सामना गर्दै

काठमाडौँ : इन्डोनेसियामा जारी १८ औं एसियन गेम्स अन्तर्गत पुरुष फुटबलमा नेपालले आज भिएतनामको सामना गर्दैछ ।

एसियन गेम्समा नेपाल र भिएतनामले पहिलोपटक खेल्न गैरहेका छन । यो भन्द पहिले सिनियर राष्ट्रिय टोलीमा भने नेपाल र भिएतनाम दुईपटक आमने समाने भैसकेका छन् ।२००३ को सेप्टेम्बरमा भएको एएफसी एसिया कप अन्तर्गतको दुई लेगको पहिलो खेलमा नेपाल ५–० ले तथा दोस्रो खेलमा २–० ले पराजित भएको थियो।

पहिलो खेलमा जापानसँग १–० को हार बेहोरेको नेपाल भिएतनामविरुद्ध उच्च मनोवलका साथ मैदान उत्रने आशा गरिएको छ । पहिलो खेलमा जापानसँग पराजित भएपनि दोस्रो चरण प्रवेश गर्ने सम्भावना जीवित राख्न नेपाली युवा टोलीले आज भियतनामलाई रोक्ने योजनाका साथ मैदान उत्रनेछ । भियतनामले आफ्नो पहिलो खेलमा पाकिस्तानमाथि ३–० को सहज जित निकालेको थियो ।

नेपालविरुद्धजित या बराबरी निकाले भियतनाम एक खेल अगावै एसियाड फुटबलको दोस्रो चरणका पुग्नेछ । पराजयले भने अन्तिम खेल नै कुर्नुपर्ने हुन्छ ।खेल विभाहा मुक्ति स्टेडियममा नोपली समयअनुसार ६ः३० बजेपछि शुरु हुनेछ ।

प्रकाशित मिति: Aug 16, 2018

प्रतिक्रिया दिनुहोस्