Logo
१९ बैशाख २०८१, बुधबार
(August 5, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेदरल्यान्ड्ससँग ऐतिहासिक क्रिकेट खेलेको नेपाली टिम भोलि स्वदेश फर्किँदै

काठमाडौं : नदेरल्यान्ड्ससँग एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट सिरिज खेलेको नेपाली क्रिकेट टिम भोलि (सोमबार) स्वदेश फर्किने भएको छ । नेपाली समयअनुसार क्रिकेट टिम बिहान ८ बजेर ५० मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछ ।

नेदरल्यान्ड्सबाट नेपाली क्रिकेट टिम आज इंग्ल्यान्ड प्रस्थान गर्नेछ । इंग्ल्यान्ड हुँदै स्वदेश फर्किन लागेको हो । नेपाली टिमले नेदरल्यान्ड्ससँग ऐतिहासिक २ खेलको एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट सिरिज खेलको थियो । जसमा नेपालले नेदरल्यान्ड्ससँग सिरिज १–१ को बराबरीमा टुंग्याएको थियो ।

पहिलो खेलमा ५५ रनले पराजित भएको नेपालले अन्तिम तथा दोस्रो खेलमा १ रनको शनशनीपूर्ण जित निकालेको थियो । नेपाली क्रिकेट टिममा रहेका युवा बलर सन्दीप लामिछाने भने उतैबाट वेष्ट इन्डिजमा हुने क्यारेवियन प्रिमियर लिग (सीपीएल) मा खेल्न गइसकेका छन् ।

नेपालले नेदरल्यान्ड्ससँग एक दिवसीय क्रिकेट सिरिज खेल्नुभन्दा अघि नेदरल्यान्ड्स र एमसीसीसँग इंग्ल्यान्डमा त्रिकोणात्मक टि–ट्वान्टी क्रिकेट सिरिज खेलेको थियो । यद्यपी वर्षा बाधक भएपनि नेपाल र नेदरल्यान्ड्सले संयुक्तरुपमा सिरिज जितेको थियो ।

प्रकाशित मिति: Aug 5, 2018

प्रतिक्रिया दिनुहोस्