Logo
१९ बैशाख २०८१, बुधबार
(August 3, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

टेस्ट क्रिकेटमा विराट कोहलीले बनाए रेकर्ड

एजेन्सी : टेस्ट क्रिकेटमा भारतीय क्रिकेट टिमका कप्तान विराट कोहलीले कीर्तिमान बनाएका छन्। कोहलीले इंग्ल्यान्डविरुद्ध भइरहेको पहिलो टेस्टको पहिलो इनिङमा २२ औं शतक प्रहार गर्दै कार्तिमान बनाएका हुन् ।

बिहीबार १ सय ४९ रन प्रहार गरेका हुन्। अदिल रसिदको बलमा आउट हुनुअघि कोहालीले २ सय ५५ बल खेल्दा २२ चौका र १ छक्का हिर्काए । कोहलीको शतकसँगै भारतले पहिलो इनिङमा २ सय ७४ रन जोड्न सफल भयो । इंग्ल्यान्डले पहिलो इनिङमा २ सय ८७ रन जोडेको थियो ।

कोहली कप्तानको रुपमा टेस्ट क्रिकेटमा बढी शतक प्रहार गर्ने सूचीको तेस्रो स्थानमा छन् । कोहलीको यो कप्तानको रुपमा १५ औं शतक हो। उनीभन्दा बढी शतक प्रहार गर्ने कप्तानमा दक्षिण अफ्रिकाका ग्रिम स्मिथ (२२ शतक) र अस्ट्रेलियाका रिकी पोन्टिङ (१९ शतक) छन् ।

कोहलीले इंग्ल्यान्डमा पहिलो पटक टेस्ट शतक प्रहार गरेका हुन् । नयाँ टेस्ट राष्ट्र अफगानिस्तान र आयरल्यान्डबाहेक कोहलीले बंगलादेशमा टेस्ट प्रहार गरेका छैनन् । उनले अन्य ८ देशमा टेस्ट शतक प्रहार गरेका छन् । कोहलीले टेस्टमा २२ शतक र १६ अर्धशतक प्रहार गरिसकेका छन् ।

शतक र अर्धशतक प्रहार गर्न कोहली भन्दा अघि अस्ट्रेलियाका सर डोनाल्ड ब्राडम्यान ९२९ शतक र (३ अर्धशतक) छन् । कोहलीको यो समग्रमा ५७औं शतक हो । उनले एकदिवसीय खेलमा ३५ र टेस्टमा २२ अर्धशतक प्रहार गरिसकेका छन् ।

प्रकाशित मिति: Aug 3, 2018

प्रतिक्रिया दिनुहोस्