Logo
२५ बैशाख २०८१, मंगलबार
(July 27, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मंगल ग्रह १५ वर्षपछि पृथ्वीको सबैभन्दा नजिक : शताव्दीकै आज लामो चन्द्रग्रहण

काठमाडौं, ११ साउन : शुक्रबार मंगल ग्रहलाई नजिकबाट हेर्न पाइने भएको छ । २१ औं शताव्दीको सबैभन्दा लामो चन्द्र ग्रहण आज लाग्दै छ । यो चन्द्र ग्रहण करिब १ घण्टा ४३ मिनेटसम्म रहने छ । यसलाई नेपालबाट पनि अवलोकन गर्न सकिन्छ । शुक्रबार नै विश्वभर पूर्ण चन्द्रग्रहणको अदभूत दृष्य पनि अवलोकन गर्न पाइने छ । मंगल ग्रह जब पृथ्वीको नजिक आउने छ तब यो अरु दिनको तुलनामा ज्यादा चम्किलो देखिने छ ।

१५ वर्षपछि पहिलो पटक मंगल ग्रह पृथ्वीको सबैभन्दा नजिक आएको हो । पृथ्वी र मंगल ग्रहबीचको दुरी केबल ५ करोड ७६ लाख किलोमिटर हुनेछ ।  शुक्रबार सूर्य अस्ताएलगत्तै पूर्वबाट मंगल ग्रह उदाउन शुरु हुनेछ । यसलाई दुरबिनको प्रयोग नगरी नांगो आँखाले स्पष्ट देख्न सकिने छ । मंगल ग्रहलाई रातभर अवलोकन गर्न सकिने खगोलविदहरुको भनाइ छ । शुक्रबार पृथ्वी, सूर्य र चन्द्रमा तीनओटै ग्रह १८० डिग्री कोणमा हुनेछन् । यसलाई ‘अपोजिसन’ भनिन्छ ।

मंगल ग्रहमा यस्तो अपोजिसनको घटना प्रत्येक दुई वर्ष दुई महिनामा हुने गर्छ । अब यस्तो अपोजिसन सन् २०२० मा हुनेछ । नासाका अनुसार यस दिन मंगल गृह पृथ्वीको सबैभन्दा नजिक आउने छ ।  पूर्ण चन्द्र ग्रहणको सुरुआत नेपाली समय अनुसार राति २ बजेर ९ मिनेटमा सुरु हुने छ । चन्द्र ग्रहणको अन्त्य शनिबार बिहान ४ बजेर ४ मिनेटमा हुनेछ ।

चन्द्र ग्रहणको बेला चन्द्रमा रातो रंगको देखिने छ, जसलाई ‘ब्लड मुन’ पनि भनिन्छ । नेपालमा चन्द्र ग्रहणलाई लिएर केही धार्मिक मान्यता पनि प्रचलित छन् जसलाई अशुभ पनि भनिन्छ । ग्रहणको बेला खान, पिउन, सुत्न, घरबाट बाहिर निस्किन नहुने भन्ने जस्ता मान्यताहरु छन् । गर्भवती महिलाहरुलाई पनि सजग रहन भन्ने गरिन्छ ।

तर, यसबारे विज्ञानको भने अलग धारणा छ । पृथ्वीले सूर्यको परिक्रमा गर्ने बेला चन्द्रमा र सूर्यको बीचमा आउँछ । यसलाई चन्द्र ग्रहण भनिन्छ । यसपटक चन्द्र ग्रहणको बेला चन्द्रमा पृथ्वीको केन्द्र भागबाट उत्तरतिर हुँदै जानेछ । यो स्थिति एक घण्टा दुई मिनेटसम्म रहनेछ । त्यसैले यसपटक चन्द्र ग्रहण लामो हुने छ ।

साथै यसपटक ल्यूनर एपोजी (पृथ्वी र चन्द्रमाको दुरी सबैभन्दा टाढा) हुनेछ । यही कारण यो चन्द्र ग्रहण २१ औं शताब्दीकै सबैभन्दा लामो हुनेछ । ग्रहणको बेला चन्द्रमा तारो रंगको हुने छ । यसो हुनुको कारण के हो भने जब सूर्य र चन्द्रमाको बीचमा पृथ्वी आउँछ तब सूर्यको किरण छेकिन्छ र पृथ्वीको वातावरणको प्रभावको कारण चन्द्रमा रातो रंगको देखिन्छ । वैज्ञानिकहरुले यसलाई ‘ब्लड मुन’ भन्दछन् ।

ज्योतिष विज्ञानका अनुसार शुक्रबार ग्रहण सुरु हुनुभन्दा पहिले दिउँसो ३ बजेर ९ मिनेटदेखि शनिबार बिहानपख ४ बजेर ४ मिनेटसम्मको समयलाई सूतक मानिन्छ । सूर्योदयपछि सूतक समाप्त हुन्छ । खगोलविज्ञान र ज्योतिष विज्ञान दुवैमा चन्द्र ग्रहणको एक खास कारण छ । यद्यपि ग्रहणको विषयमा धेरै प्रकारका मिथक पनि प्रचलित छ ।

प्रकाशित मिति: Jul 27, 2018

प्रतिक्रिया दिनुहोस्