Logo
२ जेष्ठ २०८१, बुधबार
(July 24, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पाँच महिना पछि राजपाले छान्यो राज्यमन्त्री

काठमाडौ : सरकार गठन भएको पाँच महिनापछि राष्ट्रिय जनता पार्टीले प्रदेश नं २ मा सरकारमा सहभागि हुन तीन राज्यमन्त्री छानेको छ ।

पार्टीका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरले तीन राज्यमन्त्रीको नाम सिफारिस गरेका छन । राज्यमन्त्री सिफारिस हुनेमा सहमहामन्त्री सुरेश मण्डल, डिम्पलकुमारी झा र अभिराम शर्मा रहेका छन ।

राजपाको बैठकले डा झालाई भौतिक पूर्वाधार, शर्मालाई सामाजिक विकास र मण्डललाई उद्योग, पर्यटन वन तथा वातावारण राज्यमन्त्री बनाउने निर्णय गरेको छ। बुधबार राज्यमन्त्रीले शपथ लिने तयारी रहेको छ  ।

प्रकाशित मिति: Jul 24, 2018

प्रतिक्रिया दिनुहोस्