Logo
१२ बैशाख २०८१, बुधबार
(July 17, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

फिल्म ‘मालिका’ को पहिलो गीत ‘हल्का माया के माया’ सार्वजनिक

काठमाडौं : नायिका रेखा थापाले निर्देशन गरेको चलचित्र ‘मालिका’को ‘हल्का माया के माया, गाढा लगाउने‘’ बोलको गीत रिलिज भएको छ ।

चलचित्र निर्माण पक्षले मंगलबार काठमाडौंमा विशेष कार्यक्रम गरी पहिलो गीत रिलिज गरेको हो । कर्णालीको जाजरकोट लगायतका विभिन्न ठाउँमा छाँयांकन गरिएको गीतमा देशलाई जोडिएको फिल्मका निर्माता नरबहादुर कार्कीले जानकारी दिए ।

केटीको केटासँग होइन देशसँगको प्रेम छ ।’ निर्माता कार्कीले भने ।स्वयम निर्माता तथा स्कृप्ट राइटर कार्कीकै शब्दमा रहेको गीतको संगीत सुरेश अधिकारीको रहेको छ भने स्वर अन्जु पन्तको छ ।

‘मालिका’ मा रेखा थापा र जाजरकोटकी कमला वलीको मुख्य भूमिका रहेको छ । शिवम अधिकारीको लेखन पटकथा रहेको फिल्ममा रेखा र नर कार्कीको कथा तथा कन्सेप्ट छ । नर कार्की फिल्मका कार्यकारी निर्माता समेत हुन् भने निर्मातको रुपमा रेखाकी आमा सरस्वती थापा छिन् ।

 

प्रकाशित मिति: Jul 17, 2018

प्रतिक्रिया दिनुहोस्