Logo
१३ बैशाख २०८१, बिहीबार
(July 9, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

महिलाहरुलेभन्दा हर्मोन बढी भएका पुरुषले किन्छन लक्जरी सामान

काठमाडौं : महिलाहरुले बढी लक्जरी सामान खरीद गर्छन् भन्ने मान्यता रहँदै आएको छ । तर हर्मोन धेरै भएका पुरुषले लक्जरी सामान खरीद गर्ने सम्भावना बढी हुने गरेको एक नयाँ अध्ययनले देखाएको छ । नेचर कम्युनिकेशन नामक जर्नलको पछिल्लो संस्करणमा छापिएको अध्ययन प्रतिवेदनअनुसार, शरीरमा टेष्टोस्टेरोन धेरै हुने पुरुषले यस्ता लक्जरी अर्थात विलासी वस्तु खरीद गर्ने सम्भावना धेरै रहन्छ ।

टेष्टोस्टेरोनको स्तर कम हुने पुरुषले भने विलासी सामान खरीदमा त्यति रुचि देखाउँदैनन् । टेस्टोटेरोन नामक हर्मोनले ‘स्टेटस हेनर्’े र ‘स्टेटस बचाउने’ दुवै प्रकारका व्यवहार उत्पादको काम गर्ने अमेरिकास्थित क्यालिफोनिर्या इन्सटिच्यूट अफ टेक्नोलोजीमा बिहेवियरल इकोनोमिक्सका प्राध्यापक तथा प्रतिवेदनका सहलेखक कोलिनले बताएका छन् ।

जनावरहरुको सन्दर्भमा टेस्टोस्टेरोनले आक्रमक व्यवहारलाई बढाउने काम गर्छ तर यो स्टेसभित्रै पर्ने उनको भनाइ छ । मानिसहरुले आफ्नो स्टेटस बढाउन लक्जरी वस्तु र सेवाको खरीद गर्छन् । १८ देखि ५५ वर्ष उमेर समूहका २ सय ४३ जना भलुण्टियर पुरुषबीच यो अध्ययन गरिएको हो । एक ल्याबमा उनीहरुको रगतमा टेस्टोस्टेरोन हर्मोन बढ्ने परिक्षण गरियो ।

रगतमा टेस्टोस्टेरोनको मात्रा उचाइमा पुगेपछि ल्याबमा आउन भनियो । त्यसपछि उनीहरुलाई विभिन्न प्रकारका अध्ययनको मूल्याङ्कन गर्न लगाइयो । ब्राण्डलाई उच्च सामाजिक स्तरसँग जोड्ने अभ्यास गर्न लगाइयो । ती वस्तुहरुमा उनीहरुलाई कुन मनपर्छ सो छान्न लगाइयो । रगतमा धेरै टेस्टोस्टेरोन हुने पुरुषले टेस्टोस्टेरोन नभएका पुरुषको तुलनामा लक्जरी वस्तुलाई बढी प्राथमिकता दिएको पाइयो ।

त्यस्तै अर्को अध्ययनमा कार, कफि मेशिन र चस्मा लगायतका उपभोक्ता वस्तुको विज्ञापन देखाइयो । विज्ञापनमा वस्तुको गुणस्तरलाई बढी महत्व दिइएको थियो । तर यसले उनीहरुको छान्ने प्रकृयामा कुनै भिन्नता पाइएन । टेस्टोस्टेरोनको मात्रा बढी हुने पुरुषले फेरी पनि लक्जरी वस्तु नै रोजे । यसबारे थप अनुसन्धानको भने आवश्यक रहेको अध्ययनमा संलग्नहरुको भनाइ छ । रासस/सिन्हवा

प्रकाशित मिति: Jul 9, 2018

प्रतिक्रिया दिनुहोस्