Logo
१४ बैशाख २०८१, शुक्रबार
(July 5, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

वर्षायाममा रोग र महामारीवाट बच्न , के खाने के नखाने ?

एजेन्सी : मनसुन सुरु भइसकेको छ । स्वास्थ्य यसको अर्को जोखिमपूर्ण पाटो हो । हरेक वर्षायाममा अनेक रोग र महामारी फैलिएको सुन्नमा आउँछ । अस्पतालमा बिरामीको संख्या बढ्नुका साथै मृत्यु हुनेको संख्या पनि त्यतिकै बढेको विभिन्न तथ्यांकले देखाउँछन् ।

वर्षायाममा जताततै पानी नै पानी हुन्छ, किटाणुको प्रश्रय स्थल । जसले डेंगु, मलेरिया, आँखा पाक्ने रोग, टाइफाइड, भाइरल ज्वरो, निमोनिया, हैजा र पखालालगायत रोग निम्त्याउँछ । खानेपानी प्रदूषित हुन्छ । र, पानी स्वस्थ नभए आधा भन्दा बढी रोग लाग्ने गर्छन् ।

वर्षायाममा हुने उच्च आर्द्रताले शरीरको रोगसँग लड्ने र पाचन क्षमता स्वात्तै घटाउने गर्छ । शरीर सत प्रतिशत तन्दरुस्त हुँदैन । त्यसैले रोगले सजिलै डेरा जमाउँछन् । त्यसैले खानपिन र जीवनशैलीमा थप ध्यान दिनुपर्छ ।

वर्षायाममा के नखाने :
बासी तथा मसलेदार खाना यो मौसममा नखानुहोस् । वर्षा मौसममा मानिसको पाचन प्रक्रिया सुस्त हुन्छ । खाना पच्न लामो समय लाग्छ । बासी र मसलेदार खानाले पेटमा खराबी गर्छ । यो समयमा काँचो खानेकुरामा विभिन्न किसिमका ब्याक्टेरिया हुनसक्छ । यस्ता खानामा हुने रोगको संक्रमणले मानिसलाई चाँडै रोग सार्छ । हुन त सागसब्जी खानु स्वास्थ्यका लागि राम्रो हो ।

तर, पात हुने सब्जीमा पानी परेलगत्तै धुलो, माटो र किटाणु सहज रूपमा बस्न सक्छन् । यसकारण वर्षायामको सागसब्जी राम्ररी धुने र पकाएर खानुपर्छ । सडक किनारमा बेच्न राखिएका फलफूल या खानेकुरा खानु हुँदैन । यस्ता खानेकुरामा धुवाँ–धुलो टाँसिने र शरीरलाई खराब गर्ने गर्छ ।

यो गर्मी मौसम पनि भएको हुँदा घरमा फलफूल काटेर राख्ने तथा खाने गर्नु हुँदैन । माछाको सौखिन हुनुहुन्छ भने यो मौसममा ख्याल गर्नुहोस् । वर्षायाम माछाको प्रजनन समय हो । यो वेला माछा नखाँदा राम्रो हुन्छ । खानु नै छ भने राम्रोसँग सफा गरेर र पकाएर खानुपर्छ ।

वर्षा याममा रोगबाट बच्न र आफ्ना परिवारलाई बचाउन यी कुरा अपनाउनुस् ।

  •  आँप, स्याउ, अनार, अम्बा, नासपाती पोषणका भण्डार हुन् । तर, पखालेर मात्र खाने गर्नुपर्छ । आँप धेरै खाँदा पखाला, मासी पर्ने हुँदा विचार गर्नुपर्छ । अंगुरबाट टाढै रहेको राम्रो । अंगुरको बाहिरी भाग पाचन गर्न शरीरले गाह्रो मान्ने गर्छ । खरबुजा पनि वर्षायाममा खासै राम्रो मानिँदैन ।
  • तरकारीले भोजनको महत्वपूर्ण भाग समेट्ने गर्छ । शरीरलाई चाहिने पोषण पूरा गर्ने काममा तरकारीको भूमिका महत्वपूर्ण हुन्छ । सधैभर धेरै तरकारी खान पर्छ भनेर सिकाइने गरिन्छ, तर वर्षायाममा ध्यान नपुराइ खाँदा उल्टो हानी गर्न सक्छ । प्रायः सबै तरकारी खाँदा राम्रो हुन्छ, तर काउली, भिन्डी र केराउजस्ता तरकारी चाहीँ कम खानुपर्छ । टमाटरको पनि कम खानु राम्रो भएको चिकित्सक बताउँछन् ।
  • मासु पाचन गर्न शरीरलाई अलि धेरै समय लाग्ने भएकोले वर्षायाममा मासुको खपत पनि कम गर्नु पर्छ । शरीरको पाचन क्षमता स्वाट्टै घटेको बेला शरीरलाई थप भार नदिन माछा मासुको कम गर्नुपर्छ । हल्का तेल जस्तै भटमासको तेल, सूर्यमुखीको तेल प्रयोग गर्नुपर्छ । तोरीको तेल फाइदाजनक भए पनि यो सिजनमा संक्रमण भित्र्याउने प्रमुख कारकमा पर्छ ।
  • वर्षायाममा हर्बल चिया सकेसम्म धेरै पिउनु पर्छ । यसमा एन्टी ब्याकेटेरयिल गुण धेरै हुने गर्छ । अदुवा, मरिच, पुदिना, मह जस्ता चिज प्राकृतिक एन्टी बायोटिक हुन् । यस्ता चिज चियामा मात्र हैन, तरकारी, अचारमा धेरै भन्दा धेरै मिसाए शरीर संक्रमणको खतराबाट बच्न सक्छ ।
  • वर्षायाममा सफा पानी एकदम धेरै पिउनुपर्छ । उमालेको या त राम्रोसँग फिल्टर गरेको पानीबाहेक अरु पानी पिउनु हुँदैन । बाहिर हिँड्दा पनि झोलामा आफैँ पानी बोक्ने बानी गर्नुपर्छ ।
  • सकेसम्म बाटामा राखेका खानेकुरा जस्तै चटपटे, पानीपुरी, समोसा, पकोडा, मम खानुहुँदैन । मनसुनमा जहाँतही किटाणु हुने भएकोले बजारिया खानेकुरा कम गर्नुपर्छ ।
  • व्यायाम गरेर पसिना एकदम निकाल्नुपर्छ । अल्छी गरेर नबस्ने । जति स्फुर्त भयो शरीर त्यतिकै तन्दुरुस्त र स्वस्थ हुनेछ ।

प्रकाशित मिति: Jul 5, 2018

प्रतिक्रिया दिनुहोस्