Logo
२३ बैशाख २०८१, आईतबार
(July 4, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विश्वकप: कोलम्बियालाई पेनाल्टी शुटआउटमा पराजित गर्दै इंग्ल्यान्ड क्वार्टरफाइनलमा प्रवेश

एजेन्सी : इंग्ल्यान्ड विश्वकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । कोलम्बियालाई पेनाल्टी शुटआउटमा ४३ गोलअन्तरले पराजित गर्दै इंग्ल्याण्ड जारी विश्वकपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

कोलम्बिया र इंग्ल्यान्डले निर्धारित समय र थप गरिएको समयसम्म पनि १–१ गोलको बराबरी खेलेपछि खेल पेनाल्टीमा धकेलिएको थियो ।

इंग्ल्यान्डका लागि पेनाल्टीमा कप्तान ह्यारी केन, मार्कुस राश्फोर्ड, कैरन ट्रिपिएर, र इरिक डिएरले गोल गरे । इंग्ल्यान्डका जोर्डन हेन्डर्सनले भने पेनाल्टी मिस गरेका थिए ।यता, कोलम्बियाका लागि पेनाल्टीमा रडमेल फल्काओ, जुयान कुएड्राडो, लुइस मुरिइलले गोल गरेपनि मटेयुस युरिबेले र कार्लोस बाक्काले पेनाल्टी मिस गरेका थिए ।

पेनाल्टीमा कोलम्बियाको दुई खेलाडी चुकेसँगै इंग्ल्यान्डमाथि जित हात पार्ने राम्रो अवसर गुमाएको छ । यो गोलसँगै जारी विश्वकपमा केनको गोल संख्या ६ पुगेको छ । केन विश्वकपको गोल्डेन बुटको दाबेदार समेत भएका छन् । इंग्ल्यान्ड क्वाटरफाइनलमा स्वीडेनसँग प्रतिस्पर्धा गर्नेछ ।

प्रकाशित मिति: Jul 4, 2018

प्रतिक्रिया दिनुहोस्