Logo
१४ बैशाख २०८१, शुक्रबार
(June 25, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नियमित कफी पिउदा स्वास्थ्यका लागि लाभदायी

एजेन्सी : तपाईँ हामीले दिनहुँ पिउने कफी स्वास्थ्यका लागि पनि उत्तिकै लाभदायी छ भन्ने कुरा थाह पाउनु भएको छ रु यदि छैन भने थाह पाइराख्नुस १ कफी कलेजोको सुरक्षा गर्न निकै महत्पूर्ण मानिन्छ ।

बैज्ञानिकहरुका अनुसार रक्सी९अल्कोहल०को सेवनबाट कलेजोमा हुने असरलाई कफीको दिनको दुईकप कफीले घटाउन मद्दत गर्छ । अझ कफीको नियमित सेवनले ‘लिभर सिरोसीस’ हुने सम्भावना ४४ प्रतिशतले घटाउँछ ।

यूनिभर्सीटी अफ साउथएम्पटनमा हालै गरिएको अनुसन्धानले यस्तो नतिजा देखाएको हो । सो यूनिभर्सीटीका अनुसन्धानकर्ताहरुले नौ वटा लामो अध्ययनलाई रिभ्यु ९पुनस्अवलोकन० गरेका थिए ।

अनुसन्धानमा ६ देशका ९७८ यूवाहरु समावेश थिए । उनीहरुको अध्ययन अनुसार हरेक दिन दुईकप कफि पिउने मानिसहरु लिभर सिरोसिसबाट ग्रसित हुने सम्भावना एकदमै कम देखिएको थियो ।

संसारभर हरेक वर्ष १० लाख मानिस लिभर सिरोसिसको कारणले मर्ने गरेको तत्थ्याङ्क छ । अनुसन्धान कर्ता भन्छन्, ‘हरेक दिन दुईकप कफी पिउँदा मात्रै लिभर सिरोसिसको सम्भावना ४४ प्रतिशत कम हुनु भनको धेरै ठूलो प्रभाव हो ।’

यति हुँदा हुँदै पनि यो अध्ययनको प्रमुख उद्देश्य कफी र यसको कलेजोसंगको सम्बन्ध पत्ता लगाउनु थियो । यो अध्ययन ‘साईन्स जर्नल एलिभेन्टरी फर्माकोलोजी एण्ड थेराप्यू टिक्स’ मा प्रकाशित छ ।

प्रकाशित मिति: Jun 25, 2018

प्रतिक्रिया दिनुहोस्