Logo
१४ बैशाख २०८१, शुक्रबार
(June 24, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अनमोल देशका चार शहरमा लाईभ प्रस्तुती दिँदै

काठमाडौं : पत्रकार सम्मेलनमा अनमोल आँफै उपस्थित भई कार्यक्रमको उद्देश्य तथा आफ्नो प्रस्तुतीबारे जानकारी दिएका हुन् । भाद्र ९ गतेबाट शुरु हुने कार्यक्रमले आन्तरिक पर्यटन प्रवर्द्धन, कला सँस्कृतिको संरक्षणमा महत्वपूर्ण भूमिका निभाउने तथा नेत्रहिन महिला संघ नेपाललाई सहयोग गर्ने उद्देश्य लिएको छ ।

चारवटै कार्यक्रममा अनमोलले नृत्य तथा गायन प्रस्तुती दिनेछन् । यो कार्यक्रमको लागि अनमोलले पारिश्रमिक नलिएको कार्यक्रममा बताईयो । सामाजिक कार्यको लागि कार्यक्रम गर्न लागिएकोले आफुले पारिश्रमिक नलिएको अनमोलले बताए ।

उनले भने, ‘अहिलेसम्म मैले सामाजिक कार्यका लागि भनेर कुनै काम गरेको थिइन । यो मेरो लागि ठूलो अवसर हो । साथै, प्रशंसकसँग प्रत्यक्ष रुपमा भेट गर्न मलाई यो कार्यक्रमले ठूलो सहयोग गर्नेछ ।’

भाद्र ९ गते बुटवल, भाद्र १६ गते पोखरा, भाद्र २३ गते चितवन र विर्तामोडमा भाद्र २७ गते उक्त कार्यक्रम हुने आयोजक संस्था मोनिका इन्टरनेशनल ग्रूपका अध्यक्ष कमल जिसीले जानकारी दिए । अनमोल केसी हेलिकप्टरमार्फत् काठमाडौंबाट सिधै कार्यक्रम स्थलमा ओर्लिने पत्रकार सम्मेलनमा जानकारी गराईयो ।

आयोजक संस्था मोनिकाका अध्यक्ष जिसीले पर्यटन प्रर्बद्धनका लागि ‘अनमोल साँझ’ गर्न लागिएको बताए । कार्यक्रममा नेत्रहिन महिला संघकी अध्यक्ष सिता सुवेदी पनि उपस्थित थिइन् ।
यस कन्सर्टका लागि अहिलेसम्म अनमोलसँग स्टेज शेयर अभिनेत्री प्रियंका कार्कीले गर्ने तय भएको छ । अन्य कलाकारको टुंगो चाँडै लाग्ने आयोजक संस्थाले जानकारी दिएको छ ।

प्रकाशित मिति: Jun 24, 2018

प्रतिक्रिया दिनुहोस्