Logo
२१ बैशाख २०८१, शुक्रबार
(April 22, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जानकी मन्दिरबाट सुदर्शनले थाले ‘रावायण’को छायांकन

निर्देशक सुदर्शन थापाले जनकपुरस्थित जानकी मन्दिरबाट आफ्नो ‘महत्वाकांक्षी’ फिल्म ‘रावायण’को छायांकन थालेका छन् । कलाकार र प्राविधिकको उपस्थितिमा सोमबार बिहान पूजाआजा गर्दै छायांकन थालिएको हो । प्रमुख कलाकार पूजा शर्मा, पल शाह, प्रमोद अग्रहरिले क्यामेरा पूजा गरे ।

सुदर्शन थापा प्रोडक्सन र पूजा शर्मा प्रोडक्सनको संयुक्त ब्यानरमा फिल्म बन्न लागेको हो । यो फिल्ममा पल, पूजा र प्रमोदसँगै प्रियंका कार्की, निकिता चाण्डक, प्रकाश शाह, कैलाश रावल, अर्जुनजंग शाही, शर्मिला मल्ल, प्रदीप ढकालको पनि अभिनय हुनेछ ।

शिवम् अधिकारीको पटकथा, सौरभ लामाको छायांकन, समीर मियाको भीएफएक्स, विक्रम स्वाँर र रामजी लामिछानेको नृत्य र श्री श्रेष्ठको द्वन्द्व हुनेछ ।

संगीतको सबै काम मुम्बईमा गरिएको हो । यो फिल्म भदौ २१ गते तीज छेकोमा प्रदर्शन तयारीमा छ ।

प्रकाशित मिति: Apr 22, 2024

प्रतिक्रिया दिनुहोस्