Logo
२६ बैशाख २०८१, बुधबार
(June 17, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

संसदको नियमावली पारित गर्न संघीय संसद्को संयुक्त बैठक बस्दै

काठमाडौँ स् मन्त्रिपरिषदको सिफारिस अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्को संयुक्त बैठक आइतवार अपराह्न ४ बजेका लागि आह्वान गरेकी छन्। बैठकमा प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठक सञ्चालन सम्बन्धी नियमावली पेस गर्ने र आजै पारित गर्ने कार्यसूची तय भएको छ ।

यसअघि जेठ २८ गते बोलाइएको संयुक्त बैठक प्राविधिक कारण देखाएर स्थगित गरिएको थियो । संयुक्त बैठक सञ्चालनको अन्तरिम कार्यविधि समेत नभएको र सदस्यहरुलाई बैठकमार्फत खबर नगरिएको भन्दै बैठक स्थगित गरिएको थियो । स्पष्ट व्यवस्था नभएपछि सरकारले संविधानको धारा ९३ अनुसार बैठक आह्वानका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।

आइतबारको बैठकमा संयुक्त नियमावली मस्यौदा समिति सभापति कृष्णभक्त पोखरेलले नियमावलीको मस्यौदा संयुक्त बैठकमा पेस गर्नेछन् ।

प्रकाशित मिति: Jun 17, 2018

प्रतिक्रिया दिनुहोस्