Logo
२२ बैशाख २०८१, शनिबार
(June 8, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

हप्तामा दुई देखी तीन पटक सम्म यौनसम्पर्क गर्नेलाई हृदयघात हुने सम्भावना कम

एजेन्सी : यौनसम्पर्क एकप्रकारको शारीरिक व्यायम हो । स्वस्थ्य रुपमा गरिएको यौनसम्पर्कले मुटुजन्य रोगीहरुलाई समेत राम्रो प्रभाव पार्छ । त्यतिमात्रै होइन तालिका मिलाएर गरिएको यौनसम्पर्कले हृदयघातको सम्भावना समेत कम हुन्छ ।

वैज्ञानिकहरुले हप्ताको दुई देखी तीन पटक सम्म यौनसम्पर्क गर्ने व्यक्तिको आयु १० वर्ष बढने बताउछन । यौनसम्पर्कका बेला व्यक्तिको शारीरिक संगै मनोवैज्ञानिक रुपमा स्फुर्तिमा बृद्धि हुने र त्यसको सकारात्मक प्रभाव सोझै मुटूमा पर्ने बैज्ञानिकहरुको धारणा छ ।

कतिपयले एक पटक हृदयघात भएको व्यक्तिले यौनसम्पर्क गर्न हुदैन भन्ने मान्यता राखेको पाइन्छ । मुटुलाई असर पर्छ भनेर यौनसम्पर्क बन्द गरेको समेत सुनिन्छ । तर चिकित्सकहरुले यौनसम्पर्कको बेला मुटुमा पर्ने दवाव भनेको भर्याङ चडी दुई तल्ला माथि उक्लदा जति दवाव हुन्छ त्यति नै हुने बताउछन् ।

यौनसम्पर्कका वेला आउने उत्तेजनाले शरीरका सबै अंगलाई क्रियाशील गराउछ भने त्यतिवेला पाइने विशेष खालको आनन्दले व्यक्तिको स्फूर्ति बढने बैज्ञानिकहरुको तर्क छ । उनीहरुले यौनसम्पर्कलाई एक प्रकारको शारीरिक श्रम समेत भनेका छन् । शारिरीक श्रम गर्ने व्यक्तिको स्वत मुटु बलियो हुने भनाई छ । मुटु बलियो हुनेको हृदयघात हुने सम्भावना समेत कम हुन्छ ।

बरिष्ट मुटूरोग विशेषज्ञ डा प्रकाशराज रेग्मी भन्छन, ‘ भ¥याङबाट दुई तला माथि उक्लन सक्ने व्यक्तिले सहजै यौनसम्पर्क गर्न सक्छ । अर्थात मुटुले सजिलै यौनसम्पर्कको भार थेग्न सक्छ ।’ उनले हृदयघात भएको व्यक्तिले चार हप्ता पछि यौनसम्पर्क गर्न सक्ने बताए ।कभह

उनी भन्छन, ‘छातीमा पीडा उत्पन्न नभई २ तलामाथि भ¥याङबाट चडन सकिन्छ भने यौनक्रिडाको भार मुटुले सजिलै धान्न सक्छ । तर यदि छातिमा पीडा उत्पन्न हुन्छ भने यौनसम्पर्कका बेलामा कम बल प्रयोग गर्नुपर्छ ।’ उनले यौनसम्पर्कका बेला छाती वा मुटूमा पिडा बढन गएमा जिव्रो मुनि राख्ने औषधि ९ष्कयचमष्भि छmन र कयचदष्तचबतभ छ mन ० प्रयोग गर्न सुझाव दिन्छन् ।

 

प्रकाशित मिति: Jun 8, 2018

प्रतिक्रिया दिनुहोस्