Logo
२२ बैशाख २०८१, शनिबार
(June 7, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

हातगोडा बाउँडिने समस्या छ : कारण यस्तो हुनसक्छ

एजेन्सी : कहिलेकाहीँ यत्तिकै हातगोडा बाउँडिने गर्छ । हातगोडा बाउँडिँदा पीडा त हुन्छ नै, काम गर्न पनि अप्ठ्यारो हुन्छ । कसैलाई बसिरहेको समयमा, कसैलाई काम गर्दागर्दै त कतिलाई आराम गर्दा पनि हातगोडा बाउँडिन्छ ।

हातगोडा बाउँडिनुका यस्ता छन् कारण :

  • शरीरमा पोटासियमको कमी हुँदा हातगोडा बाउँडिने, मासु फर्कने समस्या निम्तिन्छ । यसबाट बच्न केरा, पात भएका तरकारी, ड्राई फुड्स खानु फाइदाजनक हुन्छ ।
  • शरीरमा तरल पदार्थ तथा मिनरल्सको कमीले पनि खुट्टा बाउँडिने समस्या देखापर्छ ।
  • बसाइ नमिल्दा शरीरको कुनै एक भागमा मात्रै दबाब पर्न गयो भने उक्त भागमा पोषण र अक्सिजनको प्रभाव कम हुन्छ । यसकारण पनि मासु बाउँडिने गर्छ ।
  • शरीरमा रक्तसञ्चार राम्ररी नभए पनि मांसपेशी बाउँडिने समस्या निम्तिन्छ । यसको रोकथामका लागि केही तातो लगाएर रक्तसञ्चारलाई प्रभावकारी बनाउनुपर्छ ।

प्रकाशित मिति: Jun 7, 2018

प्रतिक्रिया दिनुहोस्