Logo
३१ असार २०८१, आईतबार
(June 4, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता गर्न र महँगी घटाउन सरकारसँग माग

काठमाडौँ : देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालले पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिई उपभोग्य वस्तुमा बढेको महँगी घटाउन सरकारसँग माग गरेको छ ।

मोर्चाका अध्यक्ष सिपी गजुरेलले आज एक विज्ञप्तिमार्फत ‘समृद्ध नेपाल र सुखी नेपाली’को नारा लगाउँदै आएको वर्तमान सरकारले पेट्रोलियम पदार्थको पाँचौँपटक मूल्य वृद्धि गरेको जनाएको छ ।

पेट्रोलियम पदार्थको मूल्य वृद्धिको असरले चौतर्फीरुपमा बढेको महँगी नागरिकका लागि थेगी नसक्नु भएको भन्दै मोर्चाले उपभोग्य वस्तुमा बढेको महँगी घटाउन तुरुन्त कदम चाल्न सरकारसँग माग गरेको हो ।

प्रकाशित मिति: Jun 4, 2018

प्रतिक्रिया दिनुहोस्