Logo
२२ बैशाख २०८१, शनिबार
(June 3, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जुवामा तिर्नलाई पैसा नभएपछि जुवाडेले पत्निलाई नै सुम्पिएपछि…!

काठमाडौं : एक जुवाडे पतिले जुवामा आफ्नै पत्नी दाउमा राख्दा हारेपछि आफैंले पत्नीको साडी फुकालिदिएर कथित रुपमा जुवा जित्नेसमक्ष सुम्पिएको र आफ्नै अगाडि पत्नी बलात्कृत भएको हेरेको भन्दै एक विचित्रको घटना प्रकाशमा आएको छ ।घटना भने भारतको ओडिसाको हो । पीडित महिलाले माइती पक्षको सहयोगमा प्रहरीमा उजुरी दर्ता गरेको बताइएको छ ।

प्रहरीमा उजुरी दर्ता भएलगत्तै पीडितका पति र जुवा जितेर बलात्कार गर्ने पुरुष दुवै फरार भएको प्रहरी अधिकारीले जनाएका छन् । पीडित महिलाको मेडिकल जाँच गरिएको छ । प्रहरीले बलात्कार तथा अन्य विभिन्न अपराधमा दुवै आरोपीमाथि कारवाही अघि बढाएको छ ।

पीडित महिलाका अनुसार गत मे २३ तारिखमा राति करिब ११ बजे उनका पति घर आएर बाहिर लगेका थिए । आफूले यति राति कता जाने भनेर सोध्दासमेत जवाफ नदिइ गाउँबाट केही टाढा पुर्‍याएको उनले बताइन् । उक्त स्थानमा पतिको साथी पहिलादेखि नै रहेको र आफूहरु पुग्दासाथ उसले आफ्नो हात समातेर तानेको उनले बताइन् । ‘मैले विरोध गरेँ तर मेरै पतिले मेरो साडी खोलिदिएर उसको साथ मलाई सुम्पियो ।’

आफूलाई तानेर केही पर लगेर उक्त पुरुषले बलात्कार गरेको उनले बताइन् । बलात्कारपछि मात्र आफूलाई पतिले जुवामा हारेको परिणाम आफूले बलात्कारका रुपमा तिर्नुपरेको थाहा पाएको उनको भनाइ थियो । प्रहरीले पीडित महिला र उनको माइती पक्षको परिचय खुलाएको छैन ।

प्रकाशित मिति: Jun 1, 2018

प्रतिक्रिया दिनुहोस्