Logo
२३ बैशाख २०८१, आईतबार
(May 31, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सञ्जय दत्त र मनिषा कोइराला दश वर्षपछि एकसाथ स्क्रिन शेयर गर्ने

काठमाडाैं, १७ जेठ : तेलुगू फिल्म ‘प्रस्थानम’लाई संजय दत्त प्रोडक्शनले हिन्दी रिमेक बनाउने भएको छ । यो फिल्ममार्फत सञ्जय दत्त र मनिषा कोइराला दश वर्षपछि एकसाथ स्क्रिन शेयर गर्नेछन् । मनिषा र सञ्जयले यसअघि फिल्म ‘यलगार’ मा एकसाथ काम गरेका थिए ।

उसो त सञ्जय दत्तको बायोपिक ‘सञ्जु’मा पनि मनिषा रहेकी छिन् । फिल्ममा सञ्जयको भुमिकामा रणवीर कपुर रहेकाले मनिषा र सञ्जयले स्क्रिन भने शेयर गरेका छैनन् । मनिषा सञ्जयकी आमा नरगिसको भुमिकामा देखिएकी छिन् । ‘सञ्जु’को ट्रेलरमा देखिएको रणवीर कपुरको अभिनयले फिल्म रिलिज अगावै चर्चा बटुलेको छ ।

बलिउडका कतिपय समिक्षकले सञ्जु रणवीर कपुरको करिअरकै ‘टर्निङ पोइन्ट’ सावित हुने समेत बताएका छन् । राजकुमार हिरानी निर्देशित ‘सञ्जु’मा रणवीर, मनिषाको अलवा अनुष्का शर्मा, सोनम कपुर लगायतको अभिनय रहेको छ । २९ जुनमा रिलिज हुने बायोपिक ‘सञ्जु’को ट्रेलर नेपालमा पनि युट्युब ट्रेन्डिङको तेस्रो नम्बरमा रहेको छ ।

प्रकाशित मिति: May 31, 2018

प्रतिक्रिया दिनुहोस्