Logo
२३ बैशाख २०८१, आईतबार
(May 31, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सरकारले संघीयताको अवधारणविपरित बजेट ल्याइएको आरोप

काठमाण्डौ, जेठ १७ : नेपाली कांग्रेसक नेता मिन विश्वकर्माले संघीयताको अवधारणविपरित बजेट ल्याइएको आरोप लगाएका छन् । “यो बजेटले जनताको आकांक्षाअनुसार समृद्धिको बाटोतर्फ लैजानेभन्दा पनि नेपालको अर्थतन्त्रलाई थप धरासायी बनाउने किसिमले प्रस्तुत भएको हुनाले नेपाली कांग्रेस यो बजेटलाई समर्थन गर्न सक्दैन ।” उनले भने ।

नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा कुरा गर्दै नेता विश्वकर्माले परम्परागत रुपमा केन्द्रिकृत नमुनाको बजेट प्रस्तुत गरिएको बताए । अर्थतन्त्रलाई मजबुत राख्नका लागि कांग्रेसले रचनात्मक सहयोग गर्ने विश्वकर्माले बताए ।

“नेपालको अर्थतन्त्र र नेपाली जनताको भविष्यलाई आर्थिक दृश्टीकोणबाट थप खतरातर्फ लैजाने ढाँचाको बजेट आएको छ । प्रतिपक्षको काम भनेको अर्थतन्त्रलाई मजबुत राख्नका लागि रचनात्मक सहयोग गर्ने हो । त्यसकारण अर्थतन्त्रलाई थप धराशायी बनाउने अर्थमन्त्रीको बजेट भएकाले हामी सशक्त विरोध गर्छौँ ।” विश्वकर्माले भने ।

राष्ट्रिय पुँजीलाई वेवास्ता गरिएको र लगानीको वातावरण पनि तयार नगरिएको भन्दै उनले नीतिगत सुधारका कुनै पनि योजना नरहेको बताए । जनतालाई कर र ऋणको भार थोपरिएको विश्वकर्माको आरोप छ ।

“विदेशबाट सिप सिकेर फर्किएका श्रमिकलाई सिपको प्रमाणिकरण गरेर दश लाखसम्म ऋण दिने र शैक्षिक प्रमाणपत्र धितो राखेर सात लाखसम्म ऋण दिने भनिएको छ । तर रकम छुट्टयाइएको छैन ।” विश्वकर्माले भने ।

जनतालाई झुक्याउनका लागि केही कुरा ल्याइए पनि शिक्षा र स्वास्थ्य क्षेत्रलाई वेवास्ता गरिएको उनले आरोप लगाए । विपन्न र सिमान्तकृत समुदायलाई पनि बजेटले वेवास्ता गरेको उनको जिकिर छ ।

प्रकाशित मिति: May 31, 2018

प्रतिक्रिया दिनुहोस्