Logo
२३ बैशाख २०८१, आईतबार
(May 31, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आफ्नो जीवनमा साचोँ माया पाउन अपनाउनुस् केही सरल उपाय

काठमाण्डौँ : प्रेम दुई आत्माको मिलन हो । प्रेमको एहसास नै छुटै हुन्छ । भनिन्छ नि प्रेममा परे पछि मानिस अन्धो नै हुन्छ । प्रेममा परिसकेपछि आफ्नो प्रेमी या प्रेमीका बाहेक अरु कसैको कुरा समेत राम्रो लाग्दैँन । हरेक समय उसै सँग बस्न मन पर्छ । प्रेम हाम्रो जीवनमा एउटा सपना जस्तै आउँछ र एक हावाहुरीले सबै बहाउछ ।

यिनै राम्रो खुशीका साथ सबै आफ्नो प्रेम जीवनलाई अगाडी बढाउन चाहन्छन् तर एक दिन तपाईलाई महशुस हुन्छ । जुन व्यक्तिसँग तपाईले आफ्नो अमूल्य समय बिताउनुभयो त्यो व्यक्ति कहिले पनि तपाईको भएन् उसले अचानक आएर तपाईलाई भन्छ तिमीसँग बिताएको हरेक पललाई एउटा राम्रो सपना सम्झ । त्यसले तपाईलाई भन्छ त्यो त प्रेम होइन त्यो त बस एक अट्राक्सन मात्रै थियो । त्यतीबेला तपाई आफैले आफैलाई गाली गर्नुहुन्छ ।

आफैले आफैलाइै दुख , पीडा दिनुहुन्छ । त्यस्ता कयौँ घटना तपाईको आखाँ सामुने नै भइरहेको होला या तपाईसँग पनि भएको हुन सक्छ तर यी सबैका बाबजूद पनि कुनै एक व्यक्तिका लागि कसैको जीवन रुकदैँन र तपाई आफ्नो पहिलो प्रेमलाई राम्रोसँग बिर्सेको पनि हुदैँन कि त्यतीकैमा तपाईको मन फेरी कसैको लागि धर्कीन्छ ,तडपिन्छ ।

यदी तपाईसँग यस्तो भइरहेको छ भने तपाई सावधान हुनुस् किनभने तपाईसँग फेरी त्यो घटना दोहरीन सक्छ ।हाम्रो जीवन भनेको ईश्वर दिएको एक बरदान हो र यो एकदमै अमूल्य छ । कसैको प्रेम वा साथ भन्दा पनि अमूल्य तपाईको आफ्नो जीवन हो । त्यसैले पहिला त आफूलाई खुशी राख्नुस् ,आफ्नो जीवनमा प्रेमको बास्ना फैलाउनुस् ,आफू खुशी हुनुस् त्यसपछि तपाई एक सहि व्यक्तिको कोजी गर्नुस् अनि तपाईको जीवन इन्द्रेणीमा भएको ७ रङ्ग जस्तै रंगीन हुन जान्छ ।

प्रकाशित मिति: May 31, 2018

प्रतिक्रिया दिनुहोस्