Logo
४ जेष्ठ २०८१, शुक्रबार
(May 30, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आर्थिक वर्ष २०७५/७६ का लागि १३ खर्ब १५ अर्बको बजेट (पूर्णपाठसहित)

काठमाडौं, १५ जेठ : सरकारले आर्थिक वर्ष २०७५/७६ का लागि १३ खर्ब १५ अर्ब १६ करोड १७ लाख रुपैयाँको अनुमानित आय व्यय विवरण सार्वजनिक गरेको छ ।

बजेटका लागि राजस्वबाट ८ खर्ब ३१ अर्ब ३१ करोड ८० लाख र वैदेशिक अनुदानबाट ५८ अर्ब ८१ करोड ५५ लाख रुपैयाँ जुटाइने अर्थमन्त्रीले उलेख गरेका छन् ।

त्यस्तै वैदेशिक ऋणबाट २ खर्ब ५३ अर्ब २ करोड ८२ लाख र आन्तरिक ऋणबाट १ खर्ब ७२ अर्ब रुपैयाँ जुटाइने उनले बताएका छन् ।

अर्थमन्त्री डा. युवराज खतिवडाले संघीय संसदको दुबै सदनको संयुक्त बैठकमा बजेट प्रस्तुत गरेका हुन् ।वित्तीय व्यवस्थातर्फ १ खर्ब ५५ अर्ब ७१ करोड ६० लाख अर्थात ११.८ प्रतिशत बजेट व्यवस्था गरिएको छ ।

चालुतर्फ ८ खर्ब ४५ अर्ब ४४ करोड ७५ लाख अर्थात् ६४.३ प्रतिशत र पूँजीगततर्फ ३ खर्ब १३ अर्ब ९९ करोड ८२ लाख अर्थात् २३.९ प्रतिशत वजेट विनियोजन गरिएको छ ।

पुरै बजेट विवरण पढ्न यहाँ क्लिक गर्नुहोस्

 

प्रकाशित मिति: May 29, 2018

प्रतिक्रिया दिनुहोस्