Logo
२ जेष्ठ २०८१, बुधबार
(May 27, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चिनोको सम्पूर्ण दोष मिटाउन गर्नुस् सूर्यदेवको नियमीत पूजा

काठमाण्डौँ : ज्योतिषशास्त्रमा सूर्यदेवलाई सबै ग्रहको राजा मानिएको छ । यसै कारण सूर्यको पूजा गर्नाले चिनोमा रहेका सबै प्रकारका ग्रह दोष दूर हुने पौराणिक मान्यता रहेको छ ।सूर्यभगवानलाई प्रसन्न गर्नका लागि सबैभन्दा सरल र सहज उपायहरु निम्न छन् । सधै बिहान नुहाएपछि सूर्यदेवलाई अर्घ्य अर्पित गर्नुस् ।यदी तपाई नियमीत यस्तो गर्नुहुन्छ भने घर,परिवार र समाजमा तपाई सम्मान प्राप्त हुन्छ ।

१. बिहान सबेरै उठेर नुहाउनुस् तर नुहाउने पानीमा थोरै गंगाजल मिलाउनुस् अनि सफा लुगा लगाउनुस् ।

२. त्यसपछि सूर्यको अगाडी आसन लगाउनुस् ।

३. तपाईले ओछयाउनु भएको आसनमाथि उभेर तामाको कलशमा पवित्र जल भर्नुस् ।

४. कलशमा रहेको जलमा थोरै मिश्री मिलाउनुस् । धार्मिक मान्यताका अनुसार सूर्यभगवानलाई मिश्रीहालेर जल चढाउनाले चिनोमा रहेको मंगल दोष दूर हुन्छ ।

५. सूर्यदेवलाई जल चढाउने बेलामा सूर्य मन्त्रको जाप गर्नुलाई उपयुक्त मान्छि ।

यी हुन् सूर्य अर्घ् मन्त्र

ऊँ ऐही सूर्यदेव सहस्त्रांशो तेजो राशि जगत्पते।

अनुकम्पय मां भक्त्या गृहणार्ध्य दिवाकर:। ।

ॐ सूर्याय नम:, ॐ आदित्याय नम:, ॐ नमो भास्कराय नमस: ।

अर्घ्य समर्पयामि ।।

 सूर्य ध्यान मन्त्र

ध्येय सदा सविष्तृ मंडल मध्यवती ।

नारायणस: सर सिंजासन सन्निस: विष्ठ: ।।

केयूरवान्मकर कुण्डलवान किरीटी ।

हारी हिरण्यमय वपुधृत शंख चक्र ।।

जपाकुसुम संकाशं काश्यपेयं महाधुतिम ।

तमोहरि सर्वपापध्‍नं प्रणतोऽस्मि दिवाकरम ।।

प्रकाशित मिति: May 27, 2018

प्रतिक्रिया दिनुहोस्