Logo
२२ बैशाख २०८१, शनिबार
(May 27, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अमेरिका जान नपाएका लालबाबुले जनकपुरबाटै गरे सम्मेलनलाई सम्बोधन (भिडियो सहित)

धनुषा : प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत जनकपुरबाटै अमेरिकामा आयोजित मधेशी एशोसिएसन इन अमेरिकाको प्रथम सम्मेलनलाई सम्बोधन गरेका छन् । सम्मेलनको प्रमुख अतिथिकारुपमा आमन्त्रण गरिए पनि संघिय सरकारले राउतलाई अमेरिका जाने रोकेका थियो ।

प्रदेशमा कामको चाप बढी रहेकोले देश बाहिर जान उपयुक्त समय नहरेको भन्दै संघिय सरकारको मन्त्रिपरिषदले अमेरिका जान अनुमति नदिएपछि मुख्यमन्त्री राउतले प्रदेश मन्त्रिपरिषदकै कार्यालयबाट शनिबार साँझ सम्मेलनलाई भिडियो काफ्रन्सीङ गरेर सम्बोधन गरेका हुन् ।

सम्मेलनको प्रमुख अथिति बनाएकोमा मुख्यमन्त्री राउतले आयोजकलाई अभार प्रकट गर्दै कार्यक्रम सफलताकालागि शुभकामना दिए । नेपाल संघीयतामा आएपछि प्रदेश सरकार गठन भएको र विकासकालागि प्रदेश सरकार अघि बढिरहेको समयमा प्रदेश २ को विकासकालागि मधेशी एशोसिएसन इन अमेरिकाकाको भुमिका अहं रहने राउतले बताए ।

नेपालकै भुमिबाट अमेरिकाको सम्मेलन सम्बोधन गर्न पाउँदा खुशी अनुभुति भएको बताउँदै अनलाईन सम्बोधनमा मुख्यमन्त्री राउतले भने, ‘मेरो इच्छा अमेरिकामा रहने नेपालीसंग प्रत्यक्ष भेट गर्ने थियो । तपाईंहरुसँग प्रत्यक्ष भेटेर अन्तक्र्रिया गर्ने सोच थियो । विदेशमा नाम कमाएका नेपालीको अनुभव प्राप्त गरी त्यस ज्ञान, खुबी र क्षमतालाई नेपालमा प्रयोग गर्थें । तर अवसर प्राप्त भएन ।’

शिक्षा, स्वास्थ्य, गरिबी, बेरोजगारीका कारण प्रदेश २ मानविय सूचांकको रुपमा पछाडि रहेकोले मुख्यमन्त्री भएपछि यस प्रदेशलाई समृद्ध, विकसित बनाउन आफू प्रतिबद्धता रहेको उनले बताए । ‘मेरो प्रतिबद्धता पुरा गर्न तपाईंहरुको पनि सहयोगको आपेक्षा गरेको छु । नेपाली जहाँ गएपनि मुलुकको माया हुन्छ ।

अमेरिकाको विभिन्न संस्थाहरुले विगतमा सहयोग गरेको र आउने दिनमा प्रदेश सरकारसँग सहकार्य गर्ने विश्वास छ,’ उनले भने । नेपाली भाषामा सम्बोधन थालेका राउतले कार्यक्रमलाई भोजपुरी र मैथली भाषामा पनि करिब १० मिनेट सम्बोधन गरेका थिए ।

प्रकाशित मिति: May 27, 2018

प्रतिक्रिया दिनुहोस्