Logo
३ जेष्ठ २०८१, बिहीबार
(May 24, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मुख्यमन्त्री राउतको देशभक्तिपना प्रति शंका गर्नु, प्रश्न गर्नु कतिको जायज ?

नेपालको संबिधानको धर्र्म्निरपेक्षता लाई सम्मान गर्दै मुस्लिम हुँदा हुदै पनि प्रदेश न २ का मुख्यमन्त्री लालबाबु राउतले एक कट्टर हिन्दुवादी नेता एवम् भारतीय प्रधानमन्त्रि मोदीको भनिएको धार्मिक भ्रमणलाई खुल्ला हृदयले स्वागत गरेका छन् । देशको संबिधानलाई सम्मान गरेर मुख्यमन्त्रीमा चुनिए लगतै बाट उनले जानकी मन्दिर एवं वरपरका छेत्रको सरसफाइलाई प्राथमिकता दिइरहेका छन् । आफनै सक्रियतामा देशको संविधानको सम्मान गरेका हैनन् र यिनले?
आफ्नो कार्यकाललाई सफल बनाउन नयाँ उर्जाका साथ नीति, कार्यक्रम बनाइराख्दा स्थानीय सरकारी प्रसाशन र कर्मचारीले वास्ता एवं सहयोग नगरेपछि उनले केन्द्र सरकारलाई सहयोग गर्न निबेदन मार्फत अपिल गरेका थिए । सम्पूर्ण जनमानसमा जानकारी गराएका थिए ।कमजोर आर्थिक अवस्था र छोरी भएर जन्मेकै कारण शिक्षाबाट बन्चित हुने पर्ने प्रथा र दाइजो उन्मुलन गर्न ’’बेटी पढाई, बेटी बचाई ’’ भन्ने बिशेष अभियानको सुरुवात समेत गरे ।

यसको साथ साथै अन्य थुप्रै कार्यक्रम एवम् सचेतनामुलक अभियानमा आफू नै सक्रिय भइ अगाडी बढे । देशको संबिधानलाई सम्मान एवं स्वीकार गरेर भर्खरै स्थापना भएको संघिय सरकारमा पार्टी मार्फत सहभागी भई मुख्यमन्त्रीको पदमा इमान्दारिताका साथ अगाडी बढी रहे । आफ्नो क्षेत्रको जनताको केहि समस्या र बिषयमा केन्द्र सरकार गम्भीर नभएको र संबिधान सम्बोधन गर्ने भनेर गरिएको सहमतिको कुनै सुनवाई नभएको प्रति आपत्ति जनाउदैँ सार्बजनिक कार्यक्रम मार्फत जनतालाई सचेत गराए आफुलाई निर्र्बा्चित गराउने जनताको पक्षमा बोल्दा उनको देशभक्तिपना प्रति शंका गर्नु , प्रश्न गर्नु कतिको जायज हो ?

उनको कुनै पनि सम्बोधनमा देशलाई बिखन्डन गर्ने, देशको अहित हुने अभिव्यक्ति उनले दिएका छैनन् । देशको सार्वभौमसत्ता,अखण्डतालाई सम्मान एवं आत्मासाथ गर्दै नेपाल देश भित्रै आफ्नो क्षेत्रको जनताको पक्षमा बोल्दा, जनताको अवाज राख्दा उनि देशद्रोही कसरी भए?मोदीको जनकपुर भ्रमण हुदाँ प्रदेश सरकारको कार्यसिमा, जिम्मेबारी तोकिएको थियो । यसैबीच, भ्रमणको तयारी बुझ्न केन्द्र सरकारको तर्फबाट गृहमन्त्री राम बहादुर थापा ’’बादल’’ प्रदेश सरकारलाई कुनै सुचना ,जानकारी नगराई एक्कासि हेलिकप्टर लिएर आउँदा मुख्यमन्त्री राउत रुष्ट बनेका थिए र यसप्रति आपत्ति पनि जनाएका थिए ।

केन्द्रिय सरकारको प्रतिनिधि बनेर प्रदेशमा आउदा प्रदेश सरकारलाई कुनै सूचना न दिनु कति को न्यायसंगत हो ? संघियताको के परिभाषा यहि हो? भारतीय प्रधानमन्त्री मोदी र नेपालका प्रधानमत्री केपी शर्मा ओली द्वारा संयुक्त रुपमा सम्बोधन भएको स्थलमा प्रयोग गरिएको राष्ट्रिय झन्डाको आकारलाई लिएर नेपालका मिडिया, केहि नेता एवं अभियन्ताको प्रतिक्रिया देख्दा अचम्म लाग्यो!

राष्ट्रिय ध्वज्जा देशको शान हो, देशको पहिचान हो,विश्वमाझ नेपाल चिनाउने हामी सबै नेपालीको गौरब हो । तर, सम्बोधन स्थलमा हाम्रो राष्ट्रिय झन्डाको आकारमा त्रुटी देखिनु एकदमै दुखद बिषय हो । तर यसको अभिभारा मुख्यमन्त्री लालबाबु राउतलाई सुम्पेको देख्दा प्रदेश न. २ प्रति अधिकांश जनमानस र बुद्धिजीविको वास्तविक दृष्टिकोण झल्किन्छ । मोदीको जनकपुर भ्रमणको बेला जानकी मन्दिरको प्रांगणमा भारतीय प्र.म.मोदी र नेपालका प्र.म. ओलीले संयुक्त रुपमा सम्बोधन गर्ने कार्यक्रम तय भएको थियो र यसको नियन्त्रण केन्द्रिय सरकारबाटै भएको थियो ।
केन्द्रिय सरकारका टोलि त्यहाँ उपस्थित थिए ।

मुख्यमन्त्री लालबाबु राउतलाई त्यहाँको कार्यक्रममा जान पनि रोक्न खोजिएको थियो तर पनि उनि छेउमा उभिएको देखिए ।सम्बोधन सुरु हुनु अघि बाटै दुवै देशको झन्डा सम्बोधन स्थलमा फहराईरहेका थिए ,त्यतिबेला कसैको ध्यान त्यहाँ किन पुगेन ? त्यहाँको कार्यक्रम केन्द्रिय सरकारकै नेतृत्वमा भएको थियो । प्रधानमन्त्री केपी ओली स्वम अगाडी बाटै सम्बोधन स्थलमा उपस्थित थिए । झन्डा सम्बोधन अगाडी पनि परिवर्तन गर्न सकिन्थ्यो नि ? हाम्रो नजर त्यतिबेला झन्डामाथि किन गएन?

आफुलाई देशको अभिन्न अंग माने पत्रकारिता क्षेत्रका साथीहरु क्यामरामा झण्डाको खिल्ली उडाउन तस्बिर खिच्न मै, भिडियो खिच्ने ब्यस्त भए झन्डा परिवर्तन गर्न न सक्ने अनि अर्कालाई आरोप लगाउने । के यहि हो त देश्भाक्तिपना? अनि केहि सिप नलागेपछि झण्डाको दोष पनि मुख्यमन्त्री लालबाबु राउतलाई दिनु कतिको जायज ? जिम्मेबार को हुने त?यो निकै संबेदनशील बिषय हो र सम्बन्धित व्यक्तिले देश र जनतासामु यसका लागि माफि माग्नै पर्छ । सोझा साझा जनतालाई मुर्ख बनाई राजनीति गर्ने अधिकार कसैको छैन यहाँ ।

नागरिक अभिनन्दनको क्रममा मुख्यमन्त्री लालबाबु राउतले प्रस्तुत गरेका अभिव्यक्तिलाई लिएर उनको देशभक्तिपना माथि प्रश्न राखियो ,शंका उपशंका गरियो । नागरिक अभिनन्दनका क्रममा प्रदेश न. २ का अधिकाश जनताहरुको उपस्थिति रहेको थियो । यो मुख्यमन्त्री लालबाबु राउतका निम्ति निकै राम्रो अवसर थियो आफुलाई बिश्वास गरेर त्यहाँ सम्म पुर्याउने जनतालाई वर्तमान केन्द्रिय सरकारको पहलको बिषयमा जानकारी गराउन ,सम्झौता भएबमोजिम संबिधान संसोधन नभएको, प्रदेश सरकारलाई स्थानीय सरकारी कर्मचारी ,प्रशासनले वास्ता नगरेको र सम्पूर्ण अधिकारको बाघडोर बाट पनि बन्चित भएको प्रति मुख्यमन्त्री राउतले बारम्बार आपत्ति जनाउदँै आएका थिए ।

उनले मोदीका सामु हैन्, प्रदेश न २ का जनता समक्ष आफ्ना अभिव्यक्ति प्रस्तुत थिए । यसो गर्दा उनलाई गलत मान्ने हामि कति सहि हो त ? मुख्यमन्त्रीले आफ्नो अभिव्यक्तिमा केन्द्रिय सरकारले अझ प्रदेश सरकारलाई राम्ररी काम गर्न नदिएको र संबिधान संसोधनको बिषयमा मौन रहेको कुरा प्रति पटक पटक आपत्ति जनाउदै आएका थिए । त्यति बेला कहाँ थिए सम्बन्धित निकाय ? मोदीको अगाडी सुनाउदा मात्र गम्भीर हुने त्यो पनि समस्या सामाधानका लागि हैन, मुख्यमन्त्री लाई आलोचना गर्नु यहि हो त सच्चा देशभक्तिपना ?

वासविक्ता नबुझी कसैको देशभक्तिपना प्रति शंका गर्ने अनि निर्दोषलाई हाँसोको पात्र बनाउन खोज्नेलाई कारबाही कसले गर्ने ? कहिले गर्ने ? अवस्था र वासविक्तालाई बुझ्न न सके कालान्तरमा हाम्रा बिर पुर्खाले आफ्ना रगतले सिंचेको यो सुन्दर देश,टाउकोमा हिमाल ,छातीमा पहाड अनि पाइलामा तराई भएर पूर्णता पाएको हाम्रो सुन्दर देश नेपाललाई अपाङ्ग बनाउने षड्यन्त्र न होलान भन्न सकिन्न । आऔं सबै मिलि सुन्दर देश बनाऔं,सामाजिक सदभाव बिथोल्ने,दाजुभाइ बीच युद्धको बिज रोपी आफ्ना स्वार्थका निम्ति राजनीति गर्नेहरुलाई खबरदारी गरौँ । तसर्थ ,नेपाली भनेर हैन बनेर देखाउन जरुरि छ । अर्कामा भाइचारा ,सदभाब कायम गरौँ,प्रेम बाँडौं, एक अर्कालाई सम्मान गरौ ,सुन्दर नेपालको निर्माण गराँै जय देश जय मातृभूमि ।

प्रकाशित मिति: May 24, 2018

प्रतिक्रिया दिनुहोस्