Logo
८ जेष्ठ २०८१, मंगलबार
(May 24, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेकपासँग ‘बिजेपी-मोदी-आरएसएस’ले यसकारण बढाउँदैछ राजनीतिक सम्बन्ध

भारतको पछिल्लो राजनीति र सरकारी नीतिबारे पत्रकार वीरेन्द्र केएमले विषेश खुलासा गरेका छन् । भारत स्थित प्रधानमन्त्री नरेन्द्र मोदी, सत्तासिन भारतीय जनता पार्टी उस्को मातृसंस्था राष्ट्रिय स्वयंसेवक संघको नेपाल नीतिबारे विशेष खुलासा गरेका हुन् ।

आरएसएसका प्रशिक्षित स्वंसेवक समेत रहेका पत्रकार केएम भारतीय संचारसंस्था एबिपि न्यूज नेटवर्कका नेपाल प्रतिनिधि हुन् । भारतीय पछिल्लो राजनीतिबारे निकै जानकार मानिने पत्रकार केएमले आफ्ना फेसबुक वाल मार्फत उक्त धारणा सार्वजानिक गरेका हुन् ।

उनको विचार जस्ताको त्यस्तै : 

प्रष्ट कुरा सिधा विचार
नेपाल सरकारलाई ‘भारत-मोदी’ संग मिलेर काम गर्नुपर्ने बाध्यता छ । तर भारत अर्थात ‘बिजेपी-मोदी–आरएसएस’ ले न नेपाली कांग्रेसलाई आफ्नो मान्छ, न त नेपालका कम्युनिष्टहरुलाई नै, हो, अहिले एउटा र अर्को सरकारका नाममा दुई देशबीच सम्बन्ध भने राम्रो बन्दै गएको छ ।

यद्यपी भारत सरकार अर्थात ‘बिजेपी-मोदी-आरएसएस’ को सैद्धान्तिक-राजनीतिक कुरा मिल्ने शक्ति नेपालमा भने छैन, पछिल्लो समयमा उस्ले राजपालाई आफ्नो मान्ने गरेको छ तर उस्लाई यो पनि थाह छ की ‘यस खेलाडीबाट जित्नेगरी गोल गर्न सकिन्न’ ।

यता, फोरम (मधेशवादी) र राप्रापा (हिन्दुवादी) दावी गरिएपनि ‘बिजेपी-मोदी–आरएसएस’ ले यीनीहरुलाई आफ्नो ठान्ने मूडमा छैन ।

अनि अर्को कुरा,
भारतमा भारतीय कंग्रेसले मात्र हो ‘बिजेपी-मोदी–आरएसएस’ लाई थोरैपनि असर गर्न सक्ने शक्ति तर्सथ पनि उस्ले नेपालमा नेपाली कांग्रेससंग थोरै पनि सम्बन्ध राख्न चाहान्न ।

‘देउवा लगायतसंग गरिएको कुराकानी २ मिनेटमै सोनियाँ-राहुलको कानमा पुग्नेछ’ भन्ने डर पनि ‘बिजेपी-मोदी–आरएसएस’लाई छ तर भारतमा कम्यिुष्टिहरुले ‘बिजेपी-मोदी–आरएसएस’लाई रत्तीपनि हल्लाउन सक्ने अवस्था छैन ।

त्यसकारण पनि ‘बिजेपी-मोदी–आरएसएस’ले नेपाली कांग्रेस भन्दा पनि ‘नेपाल कम्युनिष्ट पार्टी’ संग कामचलाउ सम्बन्ध बनाँउदैछ र आफ्ना विश्वासिलो प्रतिनिधित्वका लागि ‘राजपा’ सरकारमा जानुपर्ने धरणा बनाएको छ ।

फेसबुक वालबाट

प्रकाशित मिति: May 24, 2018

प्रतिक्रिया दिनुहोस्