Logo
२४ बैशाख २०८१, सोमबार
(May 17, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सूचना चुहाउनेलाई कारबाही र प्रवक्ताले मात्र पत्रकारलाई सूचना दिन निर्देशन

भक्तपुर :  महानगरीय प्रहरी परिषर भक्तपुरमा नयाँ आएका प्रहरी उपरीक्षक हिमालयकुमार श्रेष्ठले पत्रकारलाई कुनै पनि घटनाको सूचना दिँदा प्रवक्ताबाहेक अरूले नदिन कडा निर्देशन दिएको छ ।

उक्त परिषरले आयोजना गरेको मोफसलका पत्रकारसँगको छलफलमा परिषरका प्रवक्ताले बाहेक प्रहरी वृत्त थिमि र जगातेका प्रमुख तथा प्रहरी परिषर मातहतका अन्यले सूचना नदिन निर्देशन दिएको हो । दुवै वृत्तका प्रमुखलाई निर्देशन दिँदै उनले भने “कुनै पनि घटना भए प्रवक्तालाई तत्कालै जानकारी गराउनुहोस्, प्रवक्ताबाहेक अरू कसैले पनि सञ्चारकर्मीलाई सूचना नदिनुहोस्, एकद्वार प्रणालीबाट सूचना प्रवाह होस् ।”

पत्रकारलाई विभिन्न व्यक्तिले जथाभावी सूचना दिँदा अनुसन्धानमा बाधा पर्ने बताउँदै उनले जथाभावी सूचना दिने र सूचना चुहाउने प्रहरीलाई तत्काल कारबाही गर्नसमेत निर्देशन दिए । सञ्चारकर्मीले भने ‘प्रहरीसँग सूचना लिन निकै गाह्रो भएको र प्रहरीले नै सूचना लुकाउने गरेको गुनासो गर्दै सहज र छिटो रुपमा सूचना पाउने व्यवस्था गर्न वृत्तका प्रमुखबाट पनि सूचना पाउनुपर्ने व्यवस्था गरिदिन माग गरेका थिए ।’

प्रकाशित मिति: May 17, 2018

प्रतिक्रिया दिनुहोस्