Logo
३ जेष्ठ २०८१, बिहीबार
(May 14, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सात सय ग्राम चरेससिहत चार जना पक्राउ

काठमाडौं : काठमाडौंबाट सात सय ग्राम चरेससिहत चार जना पक्राउ परेका छन् । महानगरीय प्रहरी वृत दरवारमार्गको टोलीले चरेससिहत काठमाडौंको ज्याठा चोकबाट चारजननालार्इ नियन्त्रणमा लिएको हो। कालिकोट जिल्लाको खडाचक्र नपा ६ घर भई काठमाडौं सानो भर्याङ बस्ने बिरजित शाही, लगिन्द्र बम, रंजित विक, पटकबहादुर बमलाई प्रहरीले हिरासतमा लिइएको हो । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता मोहनकुमार थापाले अदालतबाट लागू औषधमा म्याद थप गरी महानगरीय प्रहरी वृत्त, दरवारमार्गबाट थप अनुसन्धान भइरहेको जानकारी दिए ।

प्रकाशित मिति: May 14, 2018

प्रतिक्रिया दिनुहोस्