Logo
१७ बैशाख २०८१, सोमबार
(May 11, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मोदीलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले भने ‘नेपालको विभेदकारी संविधान विरुद्ध आफुहरु संघर्षरत छौँ’

जनकपुर : प्रदेश नम्बर २ का मुख्यमन्त्री मोहम्मद लालबाबु राउतले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई सम्बोधन गर्दै नेपालको विभेदकारी संविधान विरुद्ध आफुहरु संघर्षरत रहेको बताएका छन्। बाह्रविघा मैदानमा मोदीलाई नागरिक अभिनन्दन गर्न आयोजना गरिएको कार्यक्रममा बोल्दै राउतले राज्यले मधेसलाई विभेद गरिरहेको आरोप लगाएका हुन्।

उनले भने ‘हामी विभेदकारी संविधान विरुद्ध संघर्षरत छौं’ राज्यका कारण मधेसका नागरिक उत्पिडित शोषित छन्, विकासको मामिलामा मधेसपछि छ।’ हामी राज्यको अभिन्न अंग बन्न चाहन्छौं।मोदीको भ्रमणले दुई देशबीचको सम्वन्ध झन् सुदृढ भएको उनले बताए। नेपाल भारत सम्बन्ध रामायणकालिन समयदेखिको भन्दा झन् सुदृढ भएको उनले बताए।

प्रकाशित मिति: May 11, 2018

प्रतिक्रिया दिनुहोस्