Logo
१७ बैशाख २०८१, सोमबार
(May 10, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विकास निर्माणका लागि मजदुर अभावले निर्माण कार्य प्रभावित

जाजरकोट: जिल्लाभरि हुने विकास निर्माणका काममा मजदुरको अभाव भएको छ ।

यहाँका सातै वटा स्थानीय तहमा विकास निर्माणका लागि मजदुरको अभाव भएको छ । अधिकांश युवा कमाई गर्न भारत तथा डोल्पामा यार्सागुम्बा संकलनका लागि जान थालेपछि विकास निर्माणको काम प्रभावित भएको हो ।

अहिले जिल्लाका सबै स्थानीय तहमा विकासे बजेटको काम भइरहेको छ । उपभोक्ता समितिका पदाधिकारी मजदुर नभएर हैरान भएको बताउनथालेका छन् । जिल्लाको विकास निर्माणका कामका लागि बाहिरबाट मजदुर ल्याएर काम गर्न बाध्य हुनु परेको नलगाड हाइडा«ेपावर कम्पनीले जनाएको छ ।

एउटै वडामा करोडभन्दा बढीको विकास निर्माणको काम भइरहेको छ । काम पाएनौँ भन्दै स्थानीय बासिन्दा बाहिर जिल्लामा गएर काम गरिरहेको पाइएको छ । ज्याला कम भएका कारण जिल्लाभित्र काम गर्न नसकेको बारेकोट–६ का लालबहादुर कामीको भनाइ छ ।

सल्लीबजारदेखि जाजरकोटसम्मको सडकमा पुल निर्माणको काम भइरहेको छ । त्यहाँ काम गर्ने सबै मजदुर बाहिर जिल्लाबाट आएका छन् ।

नलगाड हाइडा«ेपावर कम्पनी र स्थानीय तहको विकास निर्माणमा जिल्ला बाहिरका कामदारले मजदुरी गर्दैआएका छन् ।

प्रकाशित मिति: May 10, 2018

प्रतिक्रिया दिनुहोस्