Logo
१७ बैशाख २०८१, सोमबार
(May 9, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कारागारभित्र एक कैदीको रहस्यमय मृत्यु, घटनाको छानबिनका लागि समिति गठन

काठमाडौँ : गत शुक्रबार राति नख्खु कारागारभित्र एक कैदीको रहस्यमय मृत्यु भएको छ । बर्दिया स्थायी घर भएका भक्तबहादुर सुनुवारको मृत्यु भएको हो । सुनुवार कर्तव्य ज्यान मुद्धाको सजाय भुक्तान गरिरहेका थिए ।
मृतक सुनुवारका आफन्तले जेलभित्र नै हत्या भएको हुनसक्ने भन्दै महानगरीय प्रहरी परिसर ललितपुरमा उजुरी दिएपछि प्रहरीले अनुसन्धान अगाडी बढाएको छ ।

परिसरका प्रमुख एसएसपी गणेश ऐरले भने ’कारागारभित्र एक कैदीको मृत्यु भएको छ ,के कसरी भयो भन्ने विषयमा हामी अनुसन्धान गरिरहेका छौँ ।पोस्टमार्टम रिपोर्ट आएपछि थप खुल्नेछ।‘मृतक सुनुवार प्रेमिकाको हत्यामा कर्तव्य ज्यान मुद्धामा सजाय भुक्तान गरिरहेका थिए ।

कारागारभित्रका चौकीदार र जेलरको योजनामा हत्या भएको हुनसक्ने मृतकका परिवारले प्रहरीमा दिएको उजुरीमा उल्लेख छ । घटनाको छानबिनका लागि महानगरीय प्रहरी परिसर ललितपुरले समिति गठन गरेको छ।

प्रकाशित मिति: May 9, 2018

प्रतिक्रिया दिनुहोस्