Logo
१ जेष्ठ २०८१, मंगलबार
(May 6, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पत्रकार महासंघ प्रदेश २ मा चौहान नेतृत्वको प्यानल विजयी

जनकपुर: नेपाल पत्रकार महासंघ प्रदेश २ को निर्वाचनमा दीपेन्द्र चौहान नेतृत्वको प्यानल विजयी भएको छ ।

नेपाल प्रेस युनियन, नेपाल प्रेस चौतारी र प्रेस सेन्टरको संयुक्त गठबन्धनमा निर्माण गरिएको चौहान नेतृत्वको प्यानल शनिबार सम्पन्न भएको प्रदेश निर्वाचनमा विजयी भएको हो ।
अध्यक्ष पदमा चौहानले ३ सय ४४ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी मधेशवादी संगठनका वीरेन्द्र रमणले २ सय ४७ र अर्का उम्मेदवार विजय कुशवाहाले १ सय १७ मत प्राप्त गरे ।

त्यसैगरी उपाध्यक्षमा केसी लामिछाने ४ सय ६४, महिला उपाध्यक्षमा रिंकु मिश्र गायत्रीले ४ सय ११, महासचिवमा किरण कर्णले ४ सय १९, खुला सचिवमा गुरुप्रसाद गौतमले ४ सय २९, समावेशी सचिवमा रामनारायण विश्वासले ४ सय ३०, कोषाध्यक्षमा प्रवीण साह ४ सय १ मतका साथ विजयी भए ।

खुला सदस्यहरुमा भोजराज भट्टराई, धिरेन्द्र राय, अजितकुमार सिंह, शैलेन्द्र झा, राजनकुमार सिंह, आदिवासी जनजाति सदस्यमा जीतलाल श्रेष्ठ र जगत राई र मधेशी सदस्यमा अजयकुमार साह र वैद्यनाथ चौधरी विजयी भएका छन् ।

यसअघि महिला सदस्यतर्फ विम्मी शर्मा, चन्दाकुमारी साह, ललिता साह, दलित सदस्यतर्फ सिकेन्द्र पासवान र अल्पसंख्यक सदस्यतर्फ हदिश खुद्दार निर्विरोध निर्वाचित भइसकेका छन् ।

महासंघमा कूल ८ सय ४५ मतदाता रहेको प्रदेश २ मा ७ सय २५ मत खसेको थियो ।

प्रकाशित मिति: May 6, 2018

प्रतिक्रिया दिनुहोस्