Logo
२४ बैशाख २०८१, सोमबार
(May 1, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चिलिङभ्याटको ढकन खोल्ने क्रममा करेन्ट लागेर तामाङको मृत्यु

सुरुङ्गा : झापाको भद्रपुर नगरपालिकामा करेन्ट लागेर एक व्यक्तिको मृत्यु भएको छ ।

मृत्यु हुनेमा भद्रपुर–१ निवासी ५२ वर्षीय बलकुमार तामाङ रहेका छन् । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार सोमबार साँझ उनलाई करेन्ट लागेको थियो । किचकबध सहकारी संस्थाले खोलेको किचकबध दूध डेरीमा दूध बेच्न लगेका तामाङलाई चिलिङभ्याट (दुध चिस्याउने भाडा) को ढकन खोल्ने क्रममा करेन्ट लाग्दा उनी घाइते भएका थिए ।

घाइते तामाङलाई भद्रपुरस्थित ओमसाई पाथीभरा अस्पताल पु¥याइए पनि उनको उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: May 1, 2018

प्रतिक्रिया दिनुहोस्