Logo
६ जेष्ठ २०८१, आईतबार
(April 30, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अनियन्त्रित भई मोटरसाइकल दुर्घटना हुदाँ ,एकको मृत्यु

कैलाली : धनगढी उपमहानगरपालिका–३ बोराडाँडीमा गएराति से३प ३६३५ नंको मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । मोटरसाइकल दुर्घटनामा परी मृत्यु हुने धनगढीको उत्तरबेहडी–४ का २७ वर्षीय अशोक पाण्डेको गएराति करीब ९ः०० बजेतिर धनगढी चौराहबाट घर जाने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

मृतक पाण्डेले चलाएको मोटरसाइकल अनियन्त्रित भई र्दुघटना हुँदा मृत्यु भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । मृतक पाण्डेको शव परीक्षणका लागि सेती अञ्चल अस्पतालमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: Apr 30, 2018

प्रतिक्रिया दिनुहोस्