Logo
६ जेष्ठ २०८१, आईतबार
(April 28, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पृथ्वीराजमार्गमा बस र ट्रक ठोक्किँदा चालक सहित २७ जना घाइते

धादिङ : शनिबार बिहान गजुरी-६ जहरेस्थित पृथ्वीराजमार्गमा बस र ट्रक ठोक्किँदा चालक सहित २७ जना घाइते भएका छन्।

झापाको काँकडभिट्टाबाट काठमाडौं तर्फ जाँदै गरेको ना ६ ख १९२६ नम्बरको साप्ताहिक ट्राभल्सको बस र मुग्लिनतर्फ तर्फ जाँदै गरेको ना ७ ख २९ नम्बरको ट्रक शनिबार बिहान आपसमा ठोक्किएका हुन् ।

घाइतेहरुलाई उपचारका लागि काठमाडौं पठाइएको छ । इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक सन्जय तिमिल्सिनाका अनुसार बस ठक्कर खाए पछि घाईतेहरुको उद्धारका क्रममा बस भित्र फेला परेको ६ तोला सुन र २ तोला चाँदीका गहना सह-चालक वकिल सावन्तलाई हस्तातरण गरिएको छ ।

प्रकाशित मिति: Apr 28, 2018

प्रतिक्रिया दिनुहोस्