Logo
२६ बैशाख २०८१, बुधबार
(April 25, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आफ्नो देशलाई हितमा राखेर भारतीय प्रधानमन्त्रीसंग कुराकानी हुन्छ : झा

काठमाडौं १२ वैशाख : राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य अनिल झाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण पूर्ण रुपमा सफल हुने दावी गरेका छन् । मोदीको नेपाल भ्रमणको क्रममा औपचारिक तथा अनौपचारिक कुराहरु हुनेपनि उनले जनाए । उनले भने,‘नेपालले आफ्नो देशको हितलाई र भारतलेपनि आफ्नो देशलाई हितमा राखेर कुराकानीहरु हुन्छन्, उहाँको भ्रमणताका राम्रा कुरा हुनुपर्छ।’

बुधबार रिपोर्टर्स क्लबको साक्षात्कारमा उनले भने,‘मोदीजीको नेपाल भ्रमणको तयारी सुरु भैसकेको छ, उहाँ यसपटक जनकपुर जाँदैहुनुहुन्छ, भारतीय प्रधानमन्त्री जनकपुर जाने सायद उहाँ पहिलो प्रधानमन्त्री हुनुहुन्छ, अहिलेसम्म कोहीपनि गएका छैनन्।’

मोदीलाई जनकपुरमा भव्य रुपमा नागरिक अभिनन्दन गरिने उनको विश्वास छ । उनले भने,‘हो, उहाँलाई भव्य रुपमा अभिनन्दन हुन्छ, र हुनुपनि पर्छ।’ नेपाल–भारत द्धिपक्षीय सम्बन्ध नेपाल वा भारतका प्रधानमन्त्रीले नबनाएको बताउँदै उनले थपे,‘यो ऐतिहाँसिक सम्बन्ध हो, परापुर्वकालदेखि नै सम्बन्ध स्थापित् भएको हो, आदिकालदेखि नै स्थापना भएको सम्बन्ध सुमधुर छ।’

मोदीलाई जनकपुरमा २ लाख मानिसहरुको उपस्थितिमा अभिनन्दन गर्ने भनिएको छ नि भनेर सोधिएको एक प्रश्नमा झाले भने,‘२ लाखभन्दा बढिपनि हुन्छ नि, अलिकति कमपनि हुनसक्छ, तर उहाँको सम्मान भव्य रुपमा हुन्छ।’ मोदीको नेपाल भ्रमण सफल हुनेमा आफू विश्वस्त रहेको उनले जनाए । झाले भने,‘उहाँ यसपाली जनकपुर र मुक्तिनाथ जाँदैहुनुहुन्छ, तराईदेखि हिमालसम्म उहाँ जाँदैहुन्छ, राजनीतिकसँगै उहाँको यसपटक धार्मिक–साँस्कृतिक भ्रमण हुन्छ।’

प्रकाशित मिति: Apr 25, 2018

प्रतिक्रिया दिनुहोस्