Logo
१५ बैशाख २०८१, शनिबार
(April 19, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

यातायात व्यवसायीले सिन्डिकेटको पक्षमा हडताल गरे दर्ता खारेज, गाडी नियन्त्रण

काठमाडौं, वैशाख ५ : सिन्डिकेटको पक्षमा हडताल तथा सवारी आवागमनमा अवरोध नगर्न सरकारले यातायात व्यवसायीलाई सचेत गराएको छ । सिन्डिकेटको पक्षमा अवरोध गरे गाडी नियन्त्रणमा लिएर सुरक्षाकर्मीले सञ्चालन गर्ने गृह मन्त्रालयले जनाएको छ । गृह मन्त्रालयले सरकारको आदेश पालना नगर्ने यातायात व्यवसायीको दर्ता खारेज गर्ने चेतावनी पनि दिएको छ ।

आवश्यक सेवाको परिभाषामा समेटिएको यातायात क्षेत्रमा हड्ताल निषेध भएको स्मरण गराउँदै मन्त्रालयले सरकारी निर्देशन पालना नगर्ने यातायात व्यवसायीको दर्ता खारेज गर्ने चेतावनी दिएको हो । सिन्डिकेट लगायतका कुनै पनि गैरकानुनी क्रियाकलापमा बन्देज लगाउन २०६७ सालमै सर्वोच्च अदालतले आदेश दिइसकेको भन्दै यस्तो क्रियाकलाप गर्ने जो कोहीलाई कारवाही गर्ने गृह मन्त्रालयले प्रष्ट पारेको छ ।

सरकारले यातायात व्यवसायीका सबै समिति भंग गर्दै अब कम्पनीका रुपमा दर्ता गरेर मात्र सञ्चालन गर्न पाउने निर्णय गरेको छ । समितिको नाममा हुँदै आएको सिन्डिकेट तोड्न मन्त्रिपरिषदको हिजोको बैठकले यस्तो निर्णय गरेको हो ।यातायात व्यवसायीका विभिन्न समिति जिल्ला प्रशासन कार्यालयमा दर्ता गरेका भरमा सार्वजनिक गाडी चलाउँदै आएकोमा अब यातायात व्यवस्था विभाग अन्तगर्तका कार्यालयमा दर्ता भएर मात्र सार्वजनिक गाडी चलाउन पाइने मन्त्रिपरिषदले निर्णय गरेको हो ।

यातायात व्यवसायीले आफ्नो अनुमति विना गाडी कम्पनीलाई रुट इजाजत दिन नहुने भन्दै आन्दोलन गर्ने बताइरहेका बेला सरकार यातायात क्षेत्रको सिन्डिकेटविरुद्ध कडा रुपमा प्रस्तुत भएको हो ।

प्रकाशित मिति: Apr 18, 2018

प्रतिक्रिया दिनुहोस्