डुङ्गा ठोक्किँएर दुर्घटना हुँदा तीन जना माझीको मृत्यु
सोल : दक्षिण कोरियाको दक्षिणपश्चिममा पर्ने जलक्षेत्रमा माछा मार्ने एक डुङ्गा दुर्घटना हुँदा कम्तीमा तीन जना माझीको मृत्यु हुनुको साथै अन्य तीन घाइते भएका छन् । सो डुङ्गा विदेशी कार्गो पानी जहाजसँग ठोक्किँदा दुर्घटना भएको बताइएको छ ।
पन्ध्र टनसम्मको सामान बोक्ने क्षमता भएको सो डुङ्गा तान्जानियन कार्गो जहाजसँग ठोक्किएको बताइएको छ । त्यसमा परी मारिएका एक माझीको शव दुर्घटना भएको एक घण्टाभित्रै फेला परेको र अन्य दुईजनाको उद्धारका क्रममा पछि भेटिएको बताइएको छ ।
त्यसमा परी अरु तीनजना माझी भने अझै बेपत्ता रहेका बताइएको छ । उद्धारकार्यको क्रममा १९ जना उद्धारकर्ता र १७ जना तटीय गार्डले उद्धारकार्य जारी राखेका बताइएको छ । (रासस)