Logo
२४ बैशाख २०८१, सोमबार
(April 11, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कार्यरत सञ्चारकर्मीका लागि स्वास्थ्योपचार अक्षयकोष स्थापना

हेटौँडा : नेपाल पत्रकार महासंघ मकवानपुरले जिल्लामा कार्यरत सञ्चारकर्मीका लागि मंलगबार पत्रकार स्वास्थ्योपचार अक्षयकोष स्थापना गरेको छ ।

कोष सञ्चालन गर्न उद्योग संघ हेटौँडाका अध्यक्ष नवराज अर्यालले रु दुई लाख पत्रकार महासंघ मकवानपुरका अध्यक्ष हरि हुमागाईंलाई हस्तान्तरण गर्नुभयो ।

कोषमा अन्य संघसंस्था तथा जिल्ला समन्वय समिति र हेटौँडा उपमहानगरपालिकाबाट पनि अर्थ जुटाई कोषमा जम्मा गर्ने लक्ष्य रहेको बताइएको छ ।

महासंघमा आबद्ध सञ्चारकर्मीलाई दुर्घटना र गम्भीर बिरामी हुँदा तत्काल उपचार गर्न कोषबाट रकम प्रदान गरिने छ । (रासस)

प्रकाशित मिति: Apr 11, 2018

प्रतिक्रिया दिनुहोस्