Logo
२४ बैशाख २०८१, सोमबार
(April 10, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

यति एयरलाइन्सको जहाजको ह्‍विल लक हुँदा सबै उडान प्रभावित

पोखरा : यति एयरलाइन्सको जहाजको ह्विल लक भएपछि पोखरा विमानस्थलमा सबै उडान प्रभावित भएका छन् । विमानस्थलको रनवेमा ह्विल लक भएर जहाज रोकिँदा उडान प्रभावित भएको विमानस्थलका सूचना अधिकारी काशिनाथ पौडेलले अन्नपूर्णलाई जानकारी दिए ।

अहिले लक खोल्ने प्रयास भइरहेको छ । रनवेमा रोकिएको जहाजलाई पार्किङ स्थलमा पुर्याएर उडान सञ्चालन गर्ने तयारी भइरहेको भए पनि त्यो सफल भएको छैन ।

‘यहाँको प्राविधिक टोलीले लक खोल्न नसकेपछि सानो जहाजमा काठमाडौंबाट प्राविधिक टोली ल्याउने तयारी भइरहेको छ’, सूचना अधिकारी पौडेलले भने । पोखराम दैनिक ३५ उडान हुँदै आएको छ ।

प्रकाशित मिति: Apr 10, 2018

प्रतिक्रिया दिनुहोस्