Logo
२४ बैशाख २०८१, सोमबार
(April 10, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भारत: हिमांचल प्रदेशमा बस दुर्घटना २९ को मृत्यू

भारत: भारतको उत्तरी राज्य हिमांचल प्रदेशमा एउटा स्कूल बस दुर्घटनाग्रस्त हुँदा कम्तीमा २९ जनाको ज्यान गएको अधिकारीहरुले बताएका छन् । ज्यान गुमाउनेहरुमध्ये अधिकांश १० वर्ष मुनिका बालबालिकाहरु रहेको बताइएको छ ।
काँगडा जिल्लाको नुरपुर सथित वजीर रामसिंह पठनीय मेमोरियल स्कुलका झण्डै ४० जना विद्यार्थीहरुलिएर गैरहेको बस दुर्घटनाग्रस्त भएको थियो ।

उक्त स्कूल बस सडकबाट झण्डै २०० फिट तल गहिरो खोंचमा खस्दा २७ जना विद्यार्थी, दुईजना शिक्षक तथा बस चालकको पनि ज्यान गयो । उद्धारकर्मीहरु घटनास्थलमा पुगिसकेको जनाइएको छ । अधिकारीहरुले सो दुर्घटनाको कारण पत्ता लगाउन आदेश दिएका छन् । भारत संसारमै सबैभन्दा बढी सडक दुर्घटना हुने मुलुकहरुमध्ये एक हो । चालकको लापरवाही तथा सडक एवम् सवारी साधन राम्रोसंग मर्मत नगरिंदा अधिकांश दुर्घटनाहरु हुने जानकारहरु बताउँछन् ।

प्रकाशित मिति: Apr 10, 2018

प्रतिक्रिया दिनुहोस्